जेसीजद्धारा बेनी बजार सरसफाई, सेना र प्रहरीलाई मास्क र सेनीटाइटर सहयोग

  • ९ चैत्र २०७६, आईतवार
  • 2107 पटक पढिएको

 

म्याग्दी, ९ चैत । म्याग्दी जेसीजले आईतबार बेनीबजार सरसफाई, जिल्ला प्रहरी कार्यालय र अर्थुङ्गेको श्रीबक्स गुल्मका सैनिकलाई मास्क, पञ्जा र सेनीटाइजर सहयोग गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिने र जोगाउने उद्देश्यले जेसिजको आयोजना र नेपाली सेनाको सहयोगमा बेनीबजार सरसफाई गरिएको हो ।


जिल्ला प्रहरी कार्यालयलाई १३० थान मास्क, १ सय मेडिकल पञ्जा, १० वटा डिटोलको सेनिटाइजर उपलब्ध गराएको छ । यस्तै नेपाली सेनाको श्रीबक्स गुल्मलाई १५५ थान मास्क उपलब्ध गराएको छ ।


म्याग्दी जेसीजका शाखा अध्यक्ष सुजन बरुवाल, कार्यकारीणी उपाध्यक्ष सन्दिप खत्री, हरि भण्डारी, पुर्व अध्यक्ष खम थापा लगायत पदाधीकारीको टोलीले प्रहरी र गुल्मको कार्यालयमा पुगेर सम्बद्ध अधिकारीलाई सामग्री हस्तान्तरण गरेका थिए । जेसीजले कोरोना भाइरसका विरुद्ध जनचेतना अभिवृद्धीका लागि विभिन्न ठाउँमा सन्देशमुलक कार्यक्रम समेत गरेको छ ।