नगरपालिकाभित्रको पर्यटकियस्थलमा गुरुयोजनाविहिन पुर्वाधार विकास

  • ९ चैत्र २०७६, आईतवार
  • 1610 पटक पढिएको

धिरन खत्री
म्याग्दी, ९ चैत । पर्यटकियस्थलको योजनाबद्ध रुपमा पुर्वाधार विकास लागि बेनी नगरपालिकाले गुरुयोजना बनाउन सकेको छैन् । गण्डकी प्रदेशले २०१९ देखि २०२२ सम्म पर्यंटन बर्ष मनाउन बेनी नगरपालिकाले मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा पर्यटन उपसमिति गठन गरिएको छ।      आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने योजनाबद्ध पुर्वाधार विकासमा नगरपालिकाले बेवास्ता गरेको नगरबासीको गुनासो छ । पर्यटकियस्थलमा नगरपालिकाभित्रका वडाहरुले बजेट कार्यान्वयनलाई प्राथमिकता दिएर गुरुयोजनाविहिन पर्यटन पुर्वाधार निर्माण गरिरहेको छन् । भ्रमण बर्षलाई विभिन्न कार्यक्रम गरि सफल बनाउन भदौ २६ गते बसेको कार्यपालिकाको बैठकले मेयरको अध्यक्षतामा नौँ सदस्यीय समिति छ।


प्राकृतिक तथा धार्मिकस्थलको पर्यटन पुर्वाधार निर्माणमा गुरुयोजना नभएको मेयर हरिकुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाको विभिन्न भु–भागलाई समेटेर रामायण पार्कको गुरुयोजना भएपनि कार्यान्वयन हुन सकेको छैन् । विभिन्न समयमा रामायण पार्कमा पुर्वाधार विकासका लागि बजेट विनियोजन भएपनि पुर्ण रुपमा संरचना बनाउन अपुग रहेको मेयर श्रेष्ठले बताए ।

पर्यटनसम्वन्धी होटल ब्यवसायी, उद्योगी, पर्यटकिय तथा धार्मिकस्थल प्रचारप्रसार तथा पुर्वाधार विकास गर्ने समितिका सदस्य लगायतको उपस्थितमा भएको छलफलमा स्वर्गाश्राम, जगन्नाथ, बेनी शिवालय मन्दिर, पौलस्त्य, बेलढुंगा, लभ्लीहिल, ज्यामरुकोट मन्दिर लगायतको पर्यटकिय क्षेत्रको पुर्वाधार विकासका लागि गुरुयोजना निर्माणमा नगरापलिकाले जोड दिन आग्रह गरे । पर्यटकियस्थलमा योजनाबद्ध रुपमा पुर्वाधार विकास नहुदाँ होटल ब्यवसाय र ग्रामिण भेगमा संचालित होमस्टे प्रभावकारी रुपमा सचालन नभएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।

नगरपालिका भित्र रहेका पर्यटन क्षेत्रको पुर्वाधार निर्माणमा यस आर्थिक बर्ष ४५ लाख बजेट आठ योजनामा विनियोजन गरिएको छ । एक्लेपिपल राम मन्दिर मोटरबाटोमा स्तरोन्नतीमा ५ लाख, स्वार्गाश्रममा पौवा र पार्क निर्माणमा ९ लाख, जामरुकोट मन्दिरमा घेराबार ५ लाख, गाजने भ्यूटावर निर्माणको निरन्तरताका लागि १० लाख, शिव मन्दिर पार्क डम्मरामा ६ लाख, घतानकोट मन्दिर निर्माणमा ६ लाख, वडानम्वर ७ अन्तरगतका मन्दिरहरुलाई अनुदानस्वरुप ४ लाख र बराहथान मन्दिरलाई १लाख अनुदान गरेर विनियोजन भएको प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए । सो रकम दिगो रुपमा पर्यटकस्थलको पुर्वाधार निर्माण बजेट नपुग्ने देखिन्छ ।

उपमेयर सञ्जु बरुवालले पर्यटकियस्थलको विकास खटिएका समितिहरु जागरुक भएर गुरुयोजना निर्माण गर्न सके प्रदेश संघतर्फबाट योजनाबद्ध रुपमा बजेट माग गर्न सकिने बताईन । पुर्वाधार विकास गर्नका लागि नगरपालिले विभिन्न संघसंस्थासंग अन्तरक्रिया गरिएपनि प्रभावकारी रुपमा सबैको साचो कम भएको उनले बताईन । पर्यटकियस्थलको प्रभावकारी रुपमा भौतिक विकास र पर्यटकको संख्या बढाउन स्थानीयबासीको योगदान आवश्यक देखिन्छ ।