एतिहासिक ज्यामरुकोत मन्दिरमा पुर्वाधार निर्माण तिव्र

  • ९ चैत्र २०७६, आईतवार
  • 2653 पटक पढिएको

धिरन खत्री
म्याग्दी, ९ चैत । बेनी नगरपालिका– २ मा अवस्थित ऐतिहासिक र पुरातात्विकस्थल ज्यामरुककोटको खड्भवानी कोतमा पुर्वाधार निर्माणले तिव्रता पाएको छ। १५ औें शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटमा मन्दिरमा (खड्गभवानी कोत) मा दुर्लभ हातहतियार रहेको धार्मिक पर्यटकियस्थलमा पर्यटन प्रवद्र्धन गर्नका लागि नगरपालिका र वडा कार्यालयले पुर्वाधार निर्माणमा तिव्रता दिएको छ।


नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा गतबर्ष २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३ सय ५० मिटर पदमार्ग र रेलिङ, यसबर्ष नगरपालिकाको पर्यटनतर्फबाट ५ लाख र वडा कार्यालयको २लाख विनियोजित बजेटबाट मन्दिरपरिसरमा २ सय १० मिटर घेराबार मन्दिर परिसरमा १ सय मिटर ढलान गरिएको ज्यामरुकोट क्षेत्र विकास गुठी ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण न्युउरेले जानकारी दिए ।


१६सय ४८ मिटर उचाईमा रहेको ऐतिहासिक स्थलमा पुग्ने धार्मिक पर्यटकलाई पदमार्गले सहज बनाएको छ । ज्यामरुककोटमा विक्रम सम्वत १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका ज्यामरुककोट, पुलाचौर, कुहू र राखुका थापा राजाहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना वनेका र थापा राज्यको अन्त्यको इतिहासमा छ । करिब ५ रोपनी क्षेत्रफलमा रहेको मन्दिरमा इतिहास, तोप, खुँडा र तरवारलगायतका हातहतियार, प्राचीन शिला र इँट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा एतिहासीक आकर्षण छन् ।


पुर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको ऐतिहासिक ज्यामरुककोत मन्दिरमा धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने स्थानीयले जोड दिएका छन् । वडाअध्यक्ष हिराबहादुर थापाले ज्यामरुककोट मन्दिरलाई गलेश्वर र पञ्चकोट सँग जोड्ने पदमार्ग निर्माण गर्नै योजनासहित पुर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए । पुरातात्विक र ऐतिहासिक महत्वको ज्यामरुककोटबाट कोतबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण लगायतका दर्जनौ हिमाल, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौ ग्रामिण बस्ती देखिन्छ ।

गुरुयोजनासहित धार्मिक पर्यटकियस्थलको पुर्वाधार र प्रचारप्रसार गर्न नगरपालिका, वडा र स्थानीयबासीको सक्रियता देखाउन सके ग्रामिण भेगमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनले स्थानीयलाई होमस्टे संचालनमा टेवासंगै रोजगारी सिर्जना हुने आधार देखिन्छ ।