बाँदुकमा सडक निर्माण योजनामा नेकपाका नेता कार्यकर्ताद्धारा श्रमदान (फोटो फिचर)

  • ७ चैत्र २०७६, शुक्रबार
  • 2238 पटक पढिएको

म्याग्दी ७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बाँदुकमा सडक निर्माण योजनामा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले श्रमदान गरेका छन् । पार्टीको एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्र्तगत नेकपा बेगको वडा कमिटीले शुक्रवार सडक निर्माणमा श्रमदान गरेका हुन् ।  प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाद्धारा स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत विनियोजन भएको रु १० लाख बजेटबाट बाँदुकको टिमुरेखोल्सादेखि मुख्य गाउँ जोड्ने मोटरबाटो निर्माण योजना सञ्चालन भएको छ ।


डोजर र मेसिन उपकरणको प्रयोग नगरिकनै मानिसहरुको श्रम मार्फत नै निर्माण गर्न लागिएको सडक योजनामा नेकपाका दुई दर्जन नेता तथा कार्यकर्ताहरुले शुक्रवार दिनभर श्रमदान गरेको नेकपा बेगका अध्यक्ष नरसिंह पुनले जानकारी दिनुभयो । अध्यक्ष पुन र सचिब बालकुमार गर्वुजाको नेतृत्वमा विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म श्रमदान गरीएको थियो ।


टोलीले सडक योजनामा कार्यरत श्रमीकसंग मिलेर ढुंगा बोक्ने, ग्याविन जाली भर्ने काम गरेको थियो । नेकपाको श्रमदान टोलीसंग स्थानीयबासीले समेत श्रमदान गरेका थिए । हरेक तीन÷तीन महिनामा स्थानीय स्तरमा हुने विकास निर्माण योजनामा श्रमदान गरि योजनालाई प्रभाबकारी बनाउने कार्यमा परिचालन हुन पालिकाका सबै वडा कमिटिलाई नेकपा रघुगंगाले निर्देशन दिईसकेको छ ।


विकास निर्माणलाई प्रभाबकारी बनाउन र नीगरानी बढाउनको लागि बेगबाट सुरु भएको अभियानलाई सबै वडास्तरमा पु¥याउने नेकपा रघुगंगाका सचिब हरि भण्डारीले जानकारी दिनुभयो । उहाँले अहिले कोरोनाको कारण पार्टीका अन्य प्रशिक्षण, मेला लगायतका कार्यक्रमहरु रोकिएको भएपनि जनचेतनामुलक कार्यक्रम र सामाजिक कार्यहरुलाई समेत सावधानीका साथ परिचालन हुने बताउनुभयो ।    

तस्बिर दलप्रसाद तिलिजा