भूकम्पको धक्का,लुम्ले केन्द्र भएर ५ रेक्टरकाे भुकम्प

  • २ चैत्र २०७६, आईतवार
  • 2215 पटक पढिएको

म्याग्दी, २ चैत । बेनी बजारमा भूकम्पको कडा धक्का महुशुस भएको छ । आईतबार (आज) राती ८ बजेर ४५ मिनेटमा बजार सहित जिल्लाकाे अधिकांस क्षेत्रमा भूकम्पको धम्का महशुष भएको हो । रातीको समयमा भुकम्पको धक्का महशुष हुँदा घरभित्र भएका सर्बसाधारण बाहिर सडक र बाटाेमा निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्लेमा केन्द्रबिन्दु रहेर ५.० रेक्टर स्केलको भूकम्प गएकाे हाे ।भूकम्पनको धक्का पोखरा, पर्वत, बागलुङमा पनि महशुष भएको छ । थप विवरण आउन बाँकी ।