बेनी नगरपालिकाको मेयरमा बिजयी भएपछि काँग्रेसको बेनीमा उत्सव (फोटो फिचर)

  • ३ जेष्ठ २०७४, बुधबार
  • कमल खत्री
  • 3546 पटक पढिएको

म्याग्दी, ३ जेठ । बेनी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ बिजयी भएपछि बेनीमा बिजयी उत्सव मनाईएको छ । काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलबाट नगरपालिका प्रमुखको उम्मेदवार बनेका श्रेष्ठले ५ हजार ६ सय ७८ मत ल्याएर बिजयी हुनुभएको थियो ।

निकटतम प्रतिद्धन्धी नेकपा एमालेका प्रमोद श्रेष्ठलाई झिनो मत अन्तरले पराजीत गर्दै नगरपालिकाको मेयरमा बिजयी भएपछि काँग्रेसले बेनीमा खुसियाली मनाएको हो ।


काँग्रेसका नेता तथा कार्यकर्ताहरुको वृहत सहभागितामा बेनीमा विजयी उत्सव निकालिएको थियो । नेता कार्यकर्ताहरुले नाचगान सहित निकालेको ¥यालिले बेनी बजार परिक्रममा गरेको थियो ।

मेयरमा विजयी श्रेष्ठलाई बेनीबजारबासीले फुल माला र अबिर लगाएर बधाई ज्ञापन समेत गरेका थिए । मेयरमा बिजयी श्रेष्ठले एमालेका मेयरका उम्मेदवार प्रमोद श्रेष्ठलाई जम्मा ४५ मतले पराजीत गर्नुभएको हो ।


बेनी नगरपालिकामा एमाले– र राप्रपाको तालमेलबाट नगरपालिका प्रमुखमा एमालेका प्रमोद श्रेष्ठ उम्मेदवार बनेका थिए । १० वटा वडा रहेको बेनी नगरपालिकामा १८ हजार ३४५ मतदाता रहेकोमध्ये निर्वाचनमा १३ हजार १२८ जनाले मतदान गरेका थिए ।

निर्वाचनमा काँग्रेसका हरिकुमार श्रेष्ठले ५ हजार ६ सय ७९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्धन्धी प्रमोद श्रेष्ठले ५ हजार ६ सय ३४ मत प्राप्त गर्नुभएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l