Breaking News: बेनी नगरपालिका प्रमुखमा काँग्रेसका हरिकुमार श्रेष्ठ बिजयी

  • ३ जेष्ठ २०७४, बुधबार
  • 8687 पटक पढिएको

म्याग्दी, ३ जेठ । बेनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ बिजयी भएका छन् । निकटतम प्रतिद्धन्धी नेकपा एमालेका प्रमोद श्रेष्ठलाई झिनो मत अन्तरले पराजीत गर्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलबाट प्रमुखमा उम्मेदवार बनेका हरिकुमार बेनी नगरपालिका प्रमुखमा बिजयी भएका हुन् ।

बेनी नगरपालिकामा एमाले– र राप्रपाको तालमेलबाट नगरपालिका प्रमुखमा एमालेका प्रमोद श्रेष्ठ उम्मेदवार बनेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपरिणाम औपचारीक रुपमा घोषणा गर्दै छ । विस्तृत विवरणको लागि प्रतिक्षा गर्नुहोस ।