धौलागिरी ४ र ६ मा एमाले, ५ मा काँग्रेस

  • ३ जेष्ठ २०७४, बुधबार
  • 2777 पटक पढिएको

म्याग्दी, ३ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीकाको ४ र ६ नम्बर वडामा नेकपा एमाले र ५ नम्बर वडामा नेपाली काँग्रेसका उमेद्वार निर्वाचित भएका छन् । धौलागिरी ४ मुदीमा एमालेका बेगप्रसाद घर्तीले ७७० मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका हस्त पुनले १७७ मत प्राप्त गर्नुभएको छ । एक हजार ६५४ मतदाता रहेको मुदीमा एक हजार १३ मत खसेको थियो ।

वडा सदस्यमा एमालेका किनमाया घर्ती, भवी कमीनी, केशरमान पुन र बमबहादुर पुन निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धौलागिरी ५ मकबाङ्गको वडा अध्यक्षमा नेपाली काँग्रेसकी खर्ककुमारी छन्त्यालले ३९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

उहाँकी प्रतिस्पर्धी एमालेकी तिर्सनी दर्जीले ८१ मत पाउनुभएको छ । दलित महिला वडा सदस्यमा काँग्रेसकी धनसरी कामी निर्बीरोध हुनुभएको थियो । अन्य सदस्यहरुमा काँग्रेसका पार्वती पुर्जा, खिमबहादुर छन्त्याल र गंगाबहादुर छन्त्याल निर्वाचित हुनुभएको छ ।
धौलागिरी गाउँपालीका ६ मराङको वडा अध्यक्षमा नेकपा एमालेका राजाराम सुवेदीले ३९७ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बालकृष्ण सुवेदीले १९२ मत प्राप्त गर्नुभएको ।

वडा सदस्यहरुमा एमालेका तिलकुमारी केसी, लक्ष्मि दमाई, रामबहादुर जुक्जाली र लोकबहादुर पुन निर्वाचित हुनुभएको छ ।
६ वटा वडाको मतगणना सकिदा धौलागिरी गाउँपालीकाको अध्यक्षमा एमालेकी थमसरा पुनले दुई हजार १००, माओवादी केन्द्रका रिमप्रकाश थापाले एक हजार ३१२, उपाध्यक्षमा एमालेका रेशम छन्त्यालले एक हजार ९६९ र काँग्रेसका डम्मर भण्डारीले एक हजार ६०३ मत प्राप्त गर्नुभएको छ । धौलागिरी ७ ताकमको मतगणना गर्न बाँकी छ ।