जन्मदिनको अबसरमा रोकाद्धारा बिद्यार्थीलाइ सहयोग

  • ३ फाल्गुन २०७६, शनिबार
  • 1704 पटक पढिएको

म्याग्दी ३ फागुन । म्याग्दीकाली एफएममा कार्यरत लोकप्रीय संचारकर्मी समिर रोका मगरले आफ्नो जन्मदिनको अबसरमा बिद्यार्थीहरुलाइ सहयोग गर्नु भएको छ । म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोला स्थित बालजागृति आधारभुत बिद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका करिब ३० जना बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री खरिदका लागि बिद्यालयका प्रधानाध्यापक भक्त कार्कीलाइ रु ३ हजार प्रदान गरेको रोकाले बताउनु भयो ।


रकम ग्रहण गर्दै प्रअ कार्कीले रोकाको जन्मदिन मनाउने शैलीको प्रशंसा गर्नु भएको थियो । जन्मदिनको अबसरमा केक काट्ने, र अनाबश्यक फजुल खर्च गर्ने चलनलाइ तोड्नका लागि आफुले उक्त सहयोग गरेको रोकाले बताउनु भएको छ ।


म्याग्दीकाली एफएममा प्राबिधिक प्रमुखको रुपमा कार्यरत रोका गण्डकी प्रदेश युवा संजालको अध्यक्ष, नेपाल मगर बिद्यार्थी संघ गण्डकी प्रदेशका सचिब हुनुहुन्छ । युवा बिद्यार्थी नेता समेत रहेका रोका थुपै्र सामाजिक संघ संस्थामा आबद्ध रहि सामाजिक कार्यमा अग्रसर हुनुहुन्छ ।