धौलागिरी ३ मुनाको अध्यक्षमा एमालेका उमेद्वार बिजयी

  • २ जेष्ठ २०७४, मंगलवार
  • 3836 पटक पढिएको

म्याग्दी, २ जेठ । धौलागिरी गाउँपालीका ३ मुनाको वडा अध्यक्षमा नेकपा एमालेका पुर्म पुनले ४३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।पुनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका देवेन्द्र रोकाले ४१६ मत प्राप्त गर्नुभएको छ ।

महिला सदस्यमा नेपाली काँग्रेसकी रामदेवी पुन (४६४) र दलित महिला सदस्यमा काँग्रेसकी चुनदेवी रसाईली (४५९) मत प्राप्त गरी बिजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खुल्ला वडा सदस्यमा एमालेका खबहादुर बुढा (४७६) र देउदत्त मल्ले ४७४ मत प्राप्त गरी बिजयी हुनुभएको छ । धौलागिरी १, २ र ३ नम्बर वडाको मतगणना सकिदा अध्यक्षमा थमसरा पुनले ८७८, माओवादी केन्द्रको रिमप्रकाश थापाले ७१६, उपाध्यक्षमा एमालेका रेशम छन्त्यालले ७७२ र काँग्रेसका डम्मर भण्डारीले ८६२ मत प्राप्त गर्नुभएको छ ।

एक हजार ५९७ मतदाता रहेको मुनाबाट एक हजार ६१ मत खसेको थियो । धौलागिरी ४ मुदीको पनी मतगणना सुरु भएको छ ।