विजय गच्छादारसहित १७५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

  • २२ माघ २०७६, बुधबार
  • 1645 पटक पढिएको

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले नेता गच्छदारसहित पूर्व सचिवहरु दिनेशहरि अधिकारी, दिप बस्न्यात, छबिराज पन्त, भाटभटेनीका मालिक मिनबहादुर गुरुङ, डम्बर श्रेष्ठ, शोभाकान्त ढकालसहित  १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । ढकाललाई ३९ करोड २७ लाख ६५ हजार बिगो दाबी गरेको छ ।
आयोगका तर्फबाट अनुसन्धान अधिकृत अच्युतमणि न्यौपाने समेतको प्रतिवेदनले नेपाल सरकारविरुद्ध क्षेत्रसिंह देउजाको नाती, गोपालसिंह देउजाको छोरा, भक्तपुर जिल्ला, साविक चितपोल गाविस वडा नम्बर २ (हाल भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नम्बर १० देउजा टोल बस्ने मालपोत कार्यलय काठमाडौंका तत्कालीन मालपोत अधिकृत वर्ष ६८ को कलाधर देउजासहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । जसमा गच्छदारसहित ३ पूर्वमन्त्री र  बस्न्यातसहित ३ जना पूर्वसचिव समेत रहेका छन् ।

विशेष अदालतले आरोप पत्र आइसकेको र रुजु गर्ने काम भइरहेको जनाएको छ । ‘आरोपपत्र आएको छ । हामी रुजू गर्दै छौ, रुजु सकेर दर्ता प्रक्रियामा जान्छौ’, विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।

राताेपाटी अनलाइनबाट साभार गरिएकाे हाे ।