मनै लोभ्याउने रत्नेचौरको पहेँलपुर तोरीफाँट (फोटो कथा) ४० तस्बिरमा हेर्नुहाेस ….

  • २० माघ २०७६, सोमबार
  • 4028 पटक पढिएको

म्याग्दी २० माघ । समथर फाँटमा पहेँलपुर तोरीखेती । तोरीबारीबाट देखिने मनमोहक धौलागिरी हिमाल । बेनी नगरपालिका–१ रत्नेचौरमा पुग्दा जो कसैको मन फुरुङ्ग हुन्छ । अन्य समयमा भन्दा हिउँदयाममा रत्नेचौरको यात्रा निकै रमाईलो हुन्छ, यहाँको मनै लोभ्याउने तोरीखेतीको दृष्यले ।

खासगरि रत्नेचौरमा परम्परागत रुपमा नै तोरीखेती गरिँदै आईएको छ । पछिल्लो समय रत्नेचौरको फाँटमा सडक विस्तार भएसंगै वस्ती विस्तार हुँदै गएको छ । फाँटमा घर बन्ने क्रम बढ्दो छ । समथर भुभाग रहेको तल्लोचौर र उपलल्लो चौरमा स्थानीयले परम्परागत खेतीको रुपमा तोरी लगाउँदै आएका छन् । तोरीको तेल सजिलै विक्रि हुने भएपछि यहाँका स्थानीयले दिउँदेबालीमा तोरीखेतिलाई प्राथमिकता दिने गरेका छन् ।

रत्नेचौर हुँदै बागलुङको पञ्चेकोट जाने पर्यटकहरुको लागि यतिबेला रत्नेचौर क्षेत्रको तोरीको फाँट आकर्षण बनेको छ । अहिले तोरीबारी र त्यहाँबाट देखिने धौलागिरि हिमालको मनमोहक दृष्यमा रमाउनको लागि बेन िलगायतका क्षेत्रबाट रत्नेचौर क्षेत्रमा बनभोजमा जानेहरुको संख्या पनि बढेको छ ।