रघुगंगा गाउँपालिकामा काँग्रेसको अग्रता

  • १ जेष्ठ २०७४, सोमबार
  • 3185 पटक पढिएको

म्याग्दी, १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालीकामा नेपाली काँग्रेसका उमेद्वारले अगुवाई गरेका छन् । १ नम्बर वडा बेगखोलाको २०० मत गणना गर्दा अध्यक्षमा नेपाली काँग्रेसका भवबहादुर भण्डारीले १०९, एमालेको खिमबहादुर शाहीले ७३, उपाध्यक्षमा काँग्रेसकी कमला तिलीजाले १०३ र माओवादी केन्द्रका हरि भण्डारीले ६१ म्त प्राप्त गर्नुभएको छ ।

वडा अध्यक्षमा काँग्रेसका बिलबहादुर फगामीले १०३ र एमालेका नरसिङ पुनले ८० मत प्राप्त गर्नुभएको छ । सदस्यहरुमा काँग्रेसका उमेद्वारको अग्रता रहेको छ ।

यस गाउँपालिकामा नेकपा एमाले र माओवादी तालमेल गरि चुनाब लडेका थिए भने काँग्रेस एक्लै चुनाबमा प्रतिस्पर्धा गरेको थियो । रघुगंगा गाउँपालिका–१ मा आईतवार भएको निर्वाचनमा कुल ७ सय ३७ मत खसेको थियो । मतगणना अहिलेपनि जारी छ ।