गलेश्वर– राखु भगवती सडकमा तोकिएको भाडा कहिल्य हुन्छ कार्यान्वयन ?

  • ६ माघ २०७६, सोमबार
  • धिरन खत्री
  • 3370 पटक पढिएको

 

म्याग्दी, ६ माघ । म्याग्दीको सदरमुकाम बेनी हुदै गलेश्वर राखु भगवती सडकमा मनोमानी भाडा सवारीसाधनले लिदै आएका छन् । बेनीको कालिपुलदेखि रघुगंगा गाउँपालिका– राखु मैदानसम्म १२ किलोमिटर रहेको सडकमा सवारीसाधनले ३ सय रुपैया भाडा लिदै आएका हुन् ।ग्रामिणबस्तीका बासिन्दाहरु विभिन्न कामले सदरमुकाम बेनी आउने गर्छन । तर ग्रामिण सडकमा यात्रा गर्ने सर्वसाधारण महँगो भाडा तिर्न बाध्य छन् । अनुगमन र नियमनको अभावमा स्थानीय तह र प्रशासनले कायम गरेको भाडादर कार्यान्वयन नहुँदा उपभोक्ता मर्कामा पर्दै आएका छन् ।

दुई सय रुपैयाँ भाडा कायम भएको १२ किलोमिटर दुरीको बेनी–भगवती सडकमा यात्रा गर्दा तीन सय रुपैयाँ भाडा तिर्नुपरेको रघुगंगा गाउँपालिका– २ भगवतीका तप्त थापाले बताए । त्यस्तै राखु भगवती निवासी स्थानीय तहले २ सय भाडा निर्धारण गरेको छ, तर सवारीसाधन मालिकले ३ सय भाडा तिरेको बताए । उनले मात्र होइन, अधिकाँश सबैले सो भाडा तिदै आएका छन् ।

बर्खामा पानीले हिलो भएर ३ सय भाडा लिनु ठिकै हो, तर हिउँदमा बेनीबाट राखुमा ५० मिनेटमा पुग्न सकिन्छ । गाउँपालिकाले बँगैचामा कर उठाउन पनि छोड्यो, तर याातायात ब्यवसायी स्थानीय निकायले निर्धारण गरेको भाडादर कार्यान्वयनमा बेवास्ता गरेका छन् । गाउँपालिका, जनप्रतिनिध, राजनीतिक दल र जिल्ला प्रशासन लगायतको जिम्मेवारी बहन कमजोर हुदाँ उपभोक्ताले मँहगो भाडा तिर्न बाध्य भएको सर्वसाधारण बताउछन् ।
राज्यको सक्रियता, जागरुकता, इच्छाशक्ति र नागरिक सचेत भए मात्र मनोमानी भाडा लिनेलाई नियन्त्रण लिदै गाउँपालिकाले तोकेको भाडादर कार्यान्वयन गर्न सक्छ । तर कहिल्य?

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिका, टा«फिक, यातायात ब्यवासायीको समन्वयमा भाडादर तोकिएको छ, गाउँपालिकाको ८ ओटै वडामा तोकिएको भाडादर कार्यान्वयनमा राजनीतिक दल, युवाक्लव, समाजसेवी, टोलसुधार समिति, आमासमुह,गाउँपालिकाबासी सबैले चासो दिनुपर्ने बताए । भाडादर तोकिएको छ, सबै जागरुक भएर कार्यान्वयनमा जोड दिनुपर्छ । गलेश्वर, पिप्ले राखु भगवती, बेग र दग्नाम लगायतको सडकमा तोकिएको भाडा कार्यान्वयनमा वडाबासी सबैले चासो दिनुपर्नेमा जोड दिएका छन् ।

२०६४ सालमा सडक संजाल सुरु गरिउको सो सडकमा मर्मत, स्तरोन्नतीका लागि गाउँपालिका, प्रदेश र संघले बजेट विनियोजन गरेको छ। गण्डकी प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा एक सडक सहित गलेश्वर, पिप्ले, भगवती सडक कालोपत्रे गर्नका ल १८ करोड ४१ लाख विनियोजना गर्दै कालोपत्रेका लागि काम सुरु गरेको छ । २०७८ साल जेठमा सम्पन्न गर्ने लक्षसहित कालापत्रेका लागि तिव्र गतिमा काम निर्माण ब्यवसायी कम्पनीले गरेको छ । ८ मिटर फराकिलो सडकमा ५.५ मिटर कालोापत्रे गर्ने सम्झौता छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l