अन्नपूर्ण गाउँपालीका १ दोवामा नेकपा एमालेका उमेद्वार बिजयी

  • १ जेष्ठ २०७४, सोमबार
  • 4845 पटक पढिएको

म्याग्दी, १ जेठ । अन्नपूर्ण गाउँपालीका १ दोवामा नेकपा एमालेका उमेद्वार बिजयी भएका छन् । एमालेका दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडाका अन्य ४ जना सदस्यमा पनि एमालेकै उमेद्वारहरु बिजयी भएका छन् ।

दोवाबाट एमालेका गाउँपालीका अध्यक्षमा एमालेका नारायण पुनले ३३४, काँग्रेसका डमबहादुर पुनले २१०, उपाध्यक्षमा एमालेकी दुर्गादेवी पाईजाले ३३६, काँग्रेसकी केशमाया मगरले २०४ मत प्राप्त गर्नुभएको छ ।

वडा अध्यक्षमा काँग्रेसका प्रत्यासी कमल पुनले २०३ मत प्राप्त गर्नुभएको थियो ।

८६३ जना मतदाता रहेको कैलाश मावि दोवा मतदान केन्द्रमा ५७४ मत खसेको थियो ।