गुर्जाको मतपेटीका हेलिकप्टरबाट ल्याउने तयारी

  • १ जेष्ठ २०७४, सोमबार
  • कमल खत्री
  • 2912 पटक पढिएको

म्याग्दी, १ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिका– १ गुर्जामा आईतवार भएको स्थानीय तह निर्वाचनको मतपेटीका हेलिकप्टरबाट आज ल्याउने तयारी गरिएको छ ।


जिल्लाको सबैभन्दा दुर्गम बस्तीको रुपमा रहेको गुर्जाबाट मतपेटीका गाउँपालिका केन्द्रमा ल्याउन असुबिधा पर्ने भएपछि हेलिकप्टर मार्फत ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार, मतपेटीकाको सुरक्षा र सहज रुपमा मतपेटीकालाई केन्द्र सम्म ल्याउन निर्वाचन आयोगलाई हेलिकप्टरको सहयोग माग गरे बमोजिम आज आयोगको सिफारिसमा नेपाली सेनाको हेलिकप्टर मार्फत मतपेटीकालाई गाउँपालिकाको केन्द्र मुनामा ल्याईनेछ ।
मुनाबाट गुर्जासम्म पुग्न पैदल यात्रा मार्फत एक दिन लाग्छ । जिल्लाबाट निर्वाचन आयोगमा रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको मतपेटीका समेत हेलिकप्टर मार्फत गाउँपालिका केन्द्र सम्म पु¥याउन आग्रह गरिएपनि सो वडाको मतपेटीका गयराती नै सुरक्षाकर्मी सहितको टोलीले पैदलयात्रा मार्फत नै गाउँपालिकाको केन्द्र पाखापानीमा पु¥याईसकेको छ ।
सेनाको

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l