म्याग्दीमा ४८ हजार ३ सय १८ मत खस्यो

  • ३१ बैशाख २०७४, आईतवार
  • 3808 पटक पढिएको

बैशाख ३१ गते । म्याग्दीमा आइतवार सम्पन्न स्थानीय तह निर्वाचनमा कुल ६७ प्रतिशत मत खसेको छ । जिल्लामा रहेका एक नगरपालिका र पाँच गाउँपालिकामा गरि कुल ७१ हजार ४ सय ६३ मतदाता रहेकोमा ४८ हजार ३ सय १८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


बेनी नगरपालिकामा १८ हजार ३४५ मतदाता रहेकोमा १३ हजार १३९ अर्थात ७१ दशमलब ५६ प्रतिशत मत खसेको छ । त्यसैगरि रघुगंगा गाउँपालिकामा ६८ दशमलब ७५ प्रतिशत मत खसेको छ । कुल ११ हजार ५६३ जना मतदाता रहेको यस गाउँपालिकामा ७ हजार ९ सय ५० जनाले मतदान गरेको गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुँईकेलले जानकारी दिनुभयो ।


त्यसैगरि  मंगला गाउँपालिकामा ६६ दशमलब ५१ प्रतिशत मत खसेको छ । कुल ११ हजार ५८ जना मतदाता मध्ये ७ हजार ३ सय ५५ मत खसेको निर्वाचन अधिकृत मुरारी वस्तीले जानकारी दिनुभयो ।

 


त्यस्तै अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलब ६६ प्रतिशत मतदान भएको छ । कुल दश हजार ५ सय १९ मतदाता मध्ये ७ हजार १२ मत खसेको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो ।


त्यसैगरि मालिका गाउँपालिकामा १० हजार ६४४ मतदाता रहेकोमा ७ हजार १३ जनताले मतदान गरि  ६५ दशमलब ८८ प्रतिशत मत खसेको बताईएको छ । त्यस्तै धौलागिरि गाउँपालिकामा ९ हजार ३३४ मतदाता मध्ये ५ हजार ८४९ तथा ६३ प्रतिशत मत खसेको छ ।

आईतवार जिल्लाको एक नगरपालिका र पाँच गाउँपालिका सहित ४५ वटा वडामा भएको निर्वाचन शान्ति पूर्ण रुपले सम्पन्न भएको छ ।
बेनी नगरपालिकामा सबै मतदान केन्द्रको मतपेटीका बेनी आईसकेको छ भने अन्य सबैजसो गाउँपालिकामा भौगोलिक कठिनाईको कारण सम्बन्धित केन्द्रमा मतपेटीका पु¥याउन केही ढिलाई भएको छ ।