हाइप्रोफाइल खासखुस (फोटा कथा)

  • २३ पुष २०७६, बुधबार
  • 2247 पटक पढिएको

म्याग्दी २३ पुस । औपचारिक कार्यक्रम । अत्यासलाग्दा मन्तव्य । नेपाली समुदायमा निकै पेचिलो समस्या बन्दै गएको छ । यतिसम्मकी कार्यक्रमका मुख्य बक्ता बोल्ने समयमा सहभागी नै रित्तिने अबस्था समेत सिर्जना हुने समयसम्म पनि हाम्रा कार्यक्रममा शुभकामना दिने व्यक्तिहरुको नाम लहर सकिदैन् ।

कतिपय व्यवस्थित तवरले छोटो समयसिमाभित्र सम्पन्न गर्ने लक्ष्यले तय गरिएका कार्यक्रममा पनि शुभकामना दिने बत्ताको लामो र अत्यासलाग्दो भाषणले कार्यक्रममा सहभागीहरुलाई मात्रै होइन मञ्चमा आसिन व्यक्तिहरुलाई पनि मौन बसेर कुरा सुनीरहने धैर्यता हुदैन र सुरु हुन खासखुस । तर सबै खासखुस यस्ता हुँदैनन् । कतिपय यस्ता खासखुस छोटो सूचना र जानकारी आदानप्रदानमा पनि हुन सक्छ । जिल्ला समन्वय समिति म्याग्दीको सभाहल उद्घाटन कार्यक्रममा हामीले केही हाइप्रोफाइल खासखुसलाई क्यामेरामा कैद गरेका छौँ । हेरौँ प्रस्तुत तस्विरहरुको संगोलो ।