क्यानभासकि निर्मला

  • २३ मंसिर २०७६, सोमबार
  • 5029 पटक पढिएको

 

बलात्कृत भएर नङ्गगाइएकी श्रीहीन,कान्तिहीन

ऊ आज क्यानभासमा रङ्गिन भेटिई। आफ्नै

बलात्कृत रगतले पोतिएर।

हाम्री बलात्कृत देबी संगै ।।

उसलाई हेरिरहेँ दया देखाएर।

उसका सपनाहरु उसकै कालो केश जस्तै

रङ्गहीन र काला भएका थिए।

उसका श्रीकृष्णहरु भैरब बनेर उसैका रगत

पिइरहेका थिए ।

मानबता,भात्तृत्व र विश्वासलाई चुनौती दिइरहेकी

थिई।

ऊ हाम्रा तिहारहरुलाई पावरवाला चस्मा लगाएर

हेरिरहेकी थिई अनि रक्षाबन्धनलाई पनि।

म हेरिरहेँ

उसैलाई करुणा देखाएर अनि शब्दहीन रङ्गेहात

पक्रिएको बालक झैँ बनेर।

ऊ त एक्कासि अट्टहास हाँस्न लागि

उसकै बलात्कारी झैँ।

अनि मलाई भन्न थाली,

“मलाई बचाउन नसके पनि आफैलाई बचा,हो

आफैलाई

ती गिद्दहरुबाट।

बचा तेरी तेह्र बर्षकी बैनीलाई

नत्र

भ्यालेनटाईनडेका गुलाफहरु झैँ ,

नफक्रिएकी ऊ कसैका जुठा अधरहरुले

जुठो पारिने छे,म जस्तै ।

बचा, उसका छाती भन्दा माथी उठ्दै गरेका

छातीलाई ती गिद्दे दृष्टिहरुबाट।

मैले

म जस्तै

भएर ढल्न लागेकी तिमीहरूकी देवीलाई

भनिदिएकि छु कि अब बाट कुनै किशोरीको

गालामा बैँशको लाली नपोत्नू,

जवानीको कुनै सङ्केत नदिनू,

किनकि उनिहरुलाई मृत्युु भन्दा जीवन प्यारो छ।

हामी साट्न जन्मिएका जस्ता छाैँ।

पसिना सँग पर्फयुम साट्छाैँ अनि मन सँग

मुस्कान।

जोगा,तेरा मनहरुलाई बलात्कृत हुनबाट किनकि

देश बलात्कारीहरुले भरिएको छ।

बचा आफुलाई ,

साँझ आठ नबज्दै बाहिर निस्कँदा

नसामा झुम्मिएर सिठ्ठी हान्नेहरबाट।

नत्र

बलात्कृत रगतले पोतिएर म जस्तै बन्लिस्।

तेरा रगतका होली खेलिएलान् होस गर्।

” म केही नबोली फर्केर आएँ

अलि वर आएपछि मलाई रातो झण्डा देखेर डर

लाग्यो।

कतै निर्मलाहरुका रगतले पोतिएर त यी यति राता

भएका होइनन् ??

म फूलहरु देखेर झस्किँए

कतै उनीहरूका अाँसुले सिञ्चित भएर त यी यति

मुस्कुराइरहेका होइनन् ??

अनि

आफ्ना अगाडि देखिने हर पुरुषसँग निर्मला

जत्तिकै डराएँ।

कतै त्यही घिनलाग्दो षुरुषत्व त छैन यिनीहरूमा

पनि??

माथि भएको त्यो शान्ति स्तुपामा त त्यो बलात्कृत

चिच्याहट पुगेकै रैनछ।

मनसँग प्रश्न गरे कहिले पुग्ला र बिथोलिएला त्यो

मौनता ?

छिट्टै पुगोस्।किनकि मलाई आजकल मौनतासँग

डर लाग्न थालेको छ।

मात्र डर,डर,अनि डर ,बस, डर मात्र ।।।

आरती आचार्य, धवलागिरी गाउँपालिका -७ ताकम म्याग्दी