भ्रमण बर्षलाई लक्षित गरि गलेश्वरदेखि कालिगण्डकीमा ¥याफ्टिङ सञ्चालनको तयारी (भिडियो सहित)

  • २० मंसिर २०७६, शुक्रबार
  • 2640 पटक पढिएको

म्याग्दी २० मङ्सिर । नेपाल भ्रमण बर्ष सन २०२० लाई लक्षित गरि म्याग्दी हुँदै बग्ने कालिगण्डकी नदीमा व्यवसायिक रुपमा ¥याफ्टिङ सञ्चालन गर्ने तयारी गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरि सदरमुकाम बेनी, गलेश्वर लगायतका क्षेत्रमा पर्यटन विकासको लक्ष्य सहित गलेश्वरदेखि ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो ।

नियमित ¥याफ्टिङ सञ्चालनका लागि शुक्रबार गलेश्वर स्थित रघुगंगा र कालिगण्डकी नदीको दोभानबाट बेनी सम्मको करिब साढे ३ किलोमिटर लामो दुरीमा परिक्षण गरिएको छ । म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको पहलमा प्राबिधिक टोलीद्धारा गरिएको ¥याफ्टिङ परिक्षण सफल भएको संघका अध्यक्ष बाबुराम आचार्यले बताए । बेनीदेखि अघिको कालिगण्डकी नदीको क्षेत्रमा यस अगाबैदेखि ¥याफ्टिङ परिक्षण सफल भैसकेको छ ।


रेजीङ रिभर रनर प्रा.ली.का होमबहादुर पुन र सन्तोष गिरीको टोलीले परिक्षणका लागि कालिगण्डकीमा ¥याफ्टिङ गरेका थिए । नदीको बहाव र साइड सिन लगायत प्राबिधिक रुपमा गलेश्वर देखि नै बेनी ¥याफ्टिङको लागि उपयुक्त रहेको टोलीले जनाएको छ । कालीगण्डकीको बहाव र छालमा नदी किनारका दृष्य अवलोकनसंगै ¥याफ्टिङ गर्दा साहासीक एवं रोमाञ्चक हुने जलयात्रा गर्नेहरुको भनाई छ ।

मुस्ताङ प्रवेशद्धारको रुपमा रहेको बेनी पर्यटकहरुको ओहोर दोहोर गर्ने ट्रान्जिट बनिरहेको समयमा यस क्षेत्रमा समेत पर्यटकहरुको बसाई लम्ब्याउने उदेश्यले व्यवसायिक रुपमा ¥याफ्टिङ सञ्चालनको लागि पहल गरिएको होटल व्यवसायि संघले जनाएको छ । गलेश्वरदेखि बेनीसम्मको छोटो दुरी र गलेश्वरदेखि बेनी हुँदै फर्से सम्मको लामो गरि दुई प्याकेजमा ¥याफ्टिङ सञ्चालन गर्न सकिने भएकाले आबश्यक पहल थालिएको संघका अध्यक्ष आचार्यले जानकारी दिए ।

यसअघि वि.स २०७४ को म्याग्दी महोत्सवमा पनि रातोपहिरो देखि बेनी सम्म ¥याफ्टिङ सञ्चालन गरिएको थियो । गलेश्वर देखि नै ¥याफ्टिङ सञ्चालन गर्न सकेमा म्याग्दीको बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा रहेका पर्यटकीय स्थलहरुमा समेत पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।