गाई सरक्षंणका लागि मिलनचोकमा गौमहोत्सव सुरु (फाेटाे फिचर)

  • १९ मंसिर २०७६, बिहीबार
  • धिरन खत्री
  • 2815 पटक पढिएको

म्याग्दी १९ मंसिर । स्थानीय बैदिक गाई संरक्षण लागि पर्वतको जलजला गाउँपालिका– ७ धाईरिङ मिलनचोकमा गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट महायज्ञ एवम् गौँमहोत्सव विहिबारदेखि सुरु भएको छ। गण्डकी गोपाल गौशाला धाईरिङको आयोजनामा गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचारप्रसारको लागि पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा गौमहोत्सव आयोजना गरिएको हो । मंसिर १९ देखि २६ गतेसम्म संचालन हुने गौमहोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र महायज्ञका प्रमुखबाचक एवम् संकल्पकर्ता कमलनयन आचार्यले गरेका हुन् ।


कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले जलजलाको कालञ्जरलाई विश्वको पर्यटन सुचिमा राख्नका लागि आवश्यक पहलहरु गर्ने बताउदै सो क्षेत्रमा सडक, खानेपानी लगायतका पुर्वाधार निर्माण जोड दिने बताए । उनले गौमहोत्सवले जलजलाको धार्मिक पर्यटन प्रवद्र्धन र गाईको संरक्षणका लागि सहयोग पुग्ने बताए । कालञ्जर,जलजला र गौशालालाई एकिकृत रुपमा विकासका लागि ग्रामिण भेगका जनताका लागि पुर्वाधार विकासमा सबै लाग्न आग्रह गरे ।


त्यस्तै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जलजलाको कालाञ्जरलाई पर्यटन र धार्मिक रुपमा विश्वसम्पदा सुचिमा चिनाउन यस क्षेत्रको पुर्वाधार विकासका लागि प्रदेश सरकारले गुरुयोजना निर्माण लागि बजेट विनियोजन गरेको बताए । गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको गर्ने उद्देश्यले आयोजित महोत्सवमा ५ करोड उठ्याउने लक्ष रहेको महायज्ञका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । स्थानीय जातका गाईको बंश संरक्षण गर्दै गौत प्रशोधन गरि औषधी रुपमा विक्रि गर्ने महायज्ञ आयोजनाका महासचिव जगन्नाथ आर्चायले जानकारी दिए ।


स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले गौशालामा ३० वटा भन्दा बढी गाई रहेका छन् ।
महोत्सवका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष शेरबहादुर केसीको स्वागत मन्तव्य र महासचिव जगन्नाथ आचार्यको संचालनमा भएको कार्यक्रममा नगर तथा गाउँपालिका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मि, विद्यार्थी, आमासुह लगायतको उपस्थित रहेको थियो। उद्घाटनको पुर्व सन्ध्यामा मिलनचोक हुदै पर्वत बेनी म्याग्दी सदुरमुकाम बेनी लगायतको क्षेत्रमा घडासहित परिकर्मा गरिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l