१८ औँ जेसीज कप फुटवलको फाईनलमा वेष्ट प्वाइन्ट र बृद्ध एकेडेमी बिच भएको प्रतिस्पर्धा ( भिडियो र तस्बिर सहित)

  • १४ मंसिर २०७६, शनिबार
  • 1949 पटक पढिएको

बेनी १४ मंसिर । बेनीमा शनिवार सम्पन्न नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाइन्ट आवसीय माविले हात पारेको छ । बुद्ध एकेडेमीलाई १ का विरुद्ध ८ गोल गर्दै फराकिलो गोल अन्तररले वेष्ट प्वाइन्ट बिजयी हुन सफल भएको हो ।

जेसीजकप फुटवलमा वेष्ट प्वाइन्टले लगातार तीन बर्षसम्म प्रतियोगिताको उपाधी हात पार्दै रनिङ शिल्ड पच गराउन सफल भएको छ  ।  पहिलो पटक उपाधीका लागि फाइनल सम्म पुगेको बुद्धका लागी वेष्ट प्वाइन्टकाे दबाबपूर्ण खेलले प्रतियाेगीतामा गाेलकाे बर्षा नै गराएकाे हाे  । सुरूवातमा वेष्ट प्वाइन्टकाे अग्रतालाइ १/१ काे बराबरी बनाउन सफल भएकाे बुद्दकाे लागी वेष्ट प्वाइन्टले एकपछी अर्काे गाेल गरेकाे थियाे ।

प्रतियोगितामा बिजेता बनेको वेष्ट प्वाइन्टलाई नगद रु ५१ हजार सहित रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरि उप–बिजेता बुद्धलाई नगद रु ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको छ ।