बिच बाटोमै सवारी बिग्रीएपछि डिल्ली हिँडेका सर्वसाधारणलाई सकस

  • १० मंसिर २०७६, मंगलवार
  • 3097 पटक पढिएको

म्याग्दी १० मंसिर । पोखरादेखि भारतको नयाँ दिल्लीको लागि छुटेको बस बिच बाटोमै बिग्रीएपछि यात्रुहरुलाई सास्ती भएको छ । सोमबार विहान पोखरादेखि भारतको नयाँ दिल्लीको लागि छुटेको मोडन यरा टुर्स एण्ड ट्राभल्सको ना ६ ख १२८७ नम्बरको बस पटक पटक बिग्रीन थालेपछि यात्रुहरु बिच बाटोमै सकस व्यहोर्न बाध्य भएका हुन् ।


सो बसमा सवार म्याग्दीका हर्कबहादुर खड्काका अनुसार सोमबार विहान ११ बजे पोखराबाट छुटेको बस दुई स्थानमा बिग्रीसकेको छ । मर्मतमा लामो समय लाग्ने र पटक पटक बस बिग्रन थालेपछि यात्रुहरुलाई सास्ती भएको खड्काले जानकारी दिए ।
२४ घन्टामा दिल्ली पुगीसक्नुपर्ने भएपनि साँझ ५ बजेसम्म बस लखनौँ समेत पुग्न सकेको छैन् । अझै ४ सय किलोमिटर यात्रा बाँकी रहेको र बस बिग्रीरहने समस्याले यात्रुहरुलाई सास्ती भएको उनले जानकारी दिए ।