म्याग्दी क्याम्पसलाई क्यूएए मान्यता दिन विश्वविद्यालय काउन्सीलद्धारा सिफारिस, मान्यता प्राप्तीकाे सबै प्रकृया पुरा

  • २७ कार्तिक २०७६, बुधबार
  • 3212 पटक पढिएको

म्याग्दी २७ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले अन्तराष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितताको मान्यता प्राप्ती गर्ने सुनिश्चित भएको छ । विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेको १२० वटा सुचकहरुमध्ये अधिकाँश पुरा गरेको क्याम्पसलाई क्यूएए(गुणस्तर सुनिश्चितता प्रत्यायन) को मान्यता दिन विश्वविद्यालय काउन्सीलले विश्वविद्यालय अनुदान आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।


क्यूएएको मान्यता दिन काउन्सीलले सिफारिस गर्ने निर्णय गरेसंगै क्यूएए मान्यता प्राप्तीको लागि सबै चरण पुरा भएको र आयोगद्धारा सर्टिफिकेसनको प्रकृया मात्रै बाँकी रहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । गुणस्तर परिक्षणको लागि अन्तीम स्थलगत अनुगमनको लागि हालै समकक्षी भ्रमण समेत भएको थियो । प्राध्यापक डाक्टर वासुदेव काफ्लेको नेतृत्वमा विदेशी विज्ञ प्राध्यापक डाक्टर पंकज कुमार नटवारलाल गज्जार लगायतको ५ सदस्यीय टोलीले क्याम्पसको क्यूएए(गुणस्तर सुनिश्चितता प्रत्यायन)को आधारहरुबारे गत असोज १ देखि ५ गतेसम्म स्थलगत अवलोकन तथा निरिक्षण गर्नुभएको थियो ।

टोलीले क्याम्पसको भौतिक पूर्वाधार र शिक्षण शिकाईको स्थलगत निरिक्षण र अवलोकन गर्नुको साथै सञ्चालक समिति, क्याम्पसका शिक्षक, कर्मचारी,विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावक र सरोकारवालासंग छुट्टाछुट्टै छलफल गरि क्याम्पसले स्वमूल्यांकनमा प्रतिवेदनमा उल्लेख गरेका कुराहरुलाई गोप्य अंक दिएर क्याम्पसको गुणस्तर परिक्षण गरि विश्वविद्यालय काउन्सीलमा रिपोर्ट पेस गरेको थियो । सो रिपोर्टलाई स्विकृत गर्दै कासिन्सीलले क्यूएए मान्यता प्राप्तीको लागि म्याग्दी बहुमुखी क्याम्पस योग्य रहेको निश्कर्ष सहित आयोगलाई सिफारिस गरेको जनाईएको छ ।
आयोगले तय गरेको १२० वटा सुचकहरुलाई १०० अंकमा मापन गर्दा क्याम्पसले ५० अंक प्राप्त गर्न सके क्यूएएको मान्यता प्राप्त गर्ने प्रावधान रहेको थियो । क्यूएए प्राप्तीका लागि क्याम्पसले स्तरीय पूर्वाधार, शिक्षण शिकाईमा आधुनिक प्रविधिको प्रयोग, पुस्तकालय व्यवस्थापन, सभाहल निर्माण सहित आन्तरिक व्यवस्थापन र अभिलेखलाई चुस्त बनाउने लगायतका कार्यहरु गरेको क्याम्पस प्रमुख टिकाराम सापकोटाले जानकारी दिनुभयो ।
आयोगले क्यूएए मान्यता दिए म्याग्दी बहुमुखी क्याम्प्स हिमाली जिल्लाहरुमध्ये पहिलो गुणस्तर परिक्षण गरि क्यूएए मान्यता प्राप्त क्याम्पस बन्नेछ । नेपालमा अहिलेसम्म ३६ वटा सरकारी र साुमदायिक क्याम्पसहरुले मात्रै गुणस्तर परीक्षणको प्रमाणिक प्रमाणपत्र प्राप्त गरेका छन् । क्यूएए प्राप्तीको अभियान अन्र्तगत आयोगले गुणस्तरको लागि तोकेको ८ क्षेत्र र त्यस अन्र्तगतका १२० सुचकका आधारमा स्व–समिक्षा प्रतिवेदन तयार पारी आयोगमा पेश गर्ने, आयोगको टोलीबाट विभिन्न समयमा भएका भ्रमणबाट प्राप्त सुझाबहरु अनुसार क्याम्पसको पूर्वाधार, शिक्षण शिकाई लगायतको क्षेत्रमा सुधार समेत गरिसकिएको क्यूएए फोकल पर्सन गोरखबहादुर जिसीले जानकारी दिनुभयो ।