वन्यजन्तु सरंक्षणमा स्थानीय सरकारको वेवास्ता

  • २५ कार्तिक २०७६, सोमबार
  • धिरन खत्री
  • 1985 पटक पढिएको

धिरन खत्री
म्याग्दी, २५ कात्तिक । जिल्लामा वन्यजन्तु संरक्षणमा स्थानीय सरकारले कुनै नीति तथा कार्यक्रम लिएका छैन्न । बनजंगलमा रहेका दुर्लभ वन्यजन्तु तथा बनस्पतिको संरक्षणमा स्थानीय सरकारले नीति तथा कार्यक्रममा ध्यान नदिएका हुन् । भौगोलिक रुपमा ठुलो पाखा र हरियाली वन रहेको म्याग्दीमा बन्यजन्तुको अवस्था तथा संरक्षणमा कुनै योजना तथा कार्यक्रम लिएर जिल्लाका ६ स्थानीय तह लागेको छैन् । सडक, शिक्षा, स्वास्थ, पर्यटन, कृषिमा प्राथमिकता दिएपनि वन्यजन्तु संरक्षण गर्न कुनै नीति तथा कार्यक्रममा समेटेका छैनन् ।


जिल्लामा बन्यजन्तु संरक्षणमा कुनै योजना नरहेको डिभिजन बन कार्यालय म्याग्दीका सहायक बनअधिकृत नविन विश्वकर्माले बताए । उनले रेडपाण्डाको अध्ययन भइरहेको छ, त्यसको कुनै डाटा संकलन आएको छ्र्रैन् । भने अन्य वन्यजन्तुको कुनै संरक्षण तथा के कति छन् भनेर तथ्याकं नरहेको जानकारी दिए ।

प्राकृतिक सन्तुलन, मनोरन्जन, अध्ययन अनुसन्धान तथा पर्यटक संख्या बढाउन, प्राकृतिक वनजंगल तथा बन्यजन्तु संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने जिल्ला समन्वय समितिका देवेन्द्रबहादुर केसीले बताए । जिल्लामा स्थानीय सरकारले बन्यजन्तु संरक्षण ध्यान नदिदाँ बन्यजन्तुको अवैध शिकार बढिरहेको छ । भने बदेल, मृग, कालिज, रेडपाण्डा लगायतका बन्यजन्तु लोभ हुने अवस्थामा पुगेको जिसस प्रमुख केसीले बताए ।

जिल्लाका प्रमुख पर्यटकियस्थल घोडेपानी, मोहरेडाँडा, रुईसे, धौलागिरि आईसफल पदमार्ग, मालिकाधुरी, टोड्के लगायतको पर्यटकिय गन्तव्यमा पुग्ने पर्यटकलाई त्यस क्षेत्रमा पर्ने वनजंगलमा थप आकर्षण रुपमा वन्यजन्तुलाई स्थानीय सरकारले प्राथमिकता दिएका छैनन् । बनजंगल संरक्षण तथा ब्यवस्थापनमा बैज्ञानिक प्राविधिको बेवास्ता गर्दै जनप्रतिनिधि तथा राजनीतिक दल र विभिन्न संघसंस्थाले अब्यवस्थित रुपमा बृक्षारोपणलाई जोड दिएपनि बन्यजन्तु संरक्षणमा दिगो र प्रभावकारी देखिदैन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l