अपडेटः बिम बस दुर्घटनामा ज्यान गुमाएकामध्ये तीनको सनाखत, एकको पहिचान हुन बाँकी, १८ जना घाईते

  • १७ कार्तिक २०७६, आईतवार
  • 3385 पटक पढिएको

म्याग्दी १७ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आईतवार साँझ भएको यात्रुबहाक माईक्रो बस दुर्घटना हुँदा ज्यान गुमाएका चार जना मध्ये तीनको सनाखत भएको छ । दरबाङबाट बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे गलघन्टी भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा ७० बर्षिय सतदेवी भट्टचन, ११ बर्षिय आयुसा जुग्जाली र रवि जुग्जालीको पहिचान भएको र एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमध्ये १ पुरुष र ३ महिला रहेको कार्यालयका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिए । सडकबाट खसेको बसले च्पापिएका चारै जनाको घटनास्थलमै ज्यान गएको उनले बताए ।

बस सडकको घुम्तीबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनामा परि घाईते भएका १८ जनालाई प्रहरी, स्थानीयबासी र जनप्रतिनिधिले उद्धार गरि दरबाङ स्वास्थ्य केन्द्रमा पु¥याएका छन् । रातको समय भएकाले दुर्घटनामा परी ज्यान गुमाएकाको पहिचान र घाईतेहरुको उद्धारमा कठिनाई भएको छ । घाईते भएकाहरुलाई दरबाङ स्वास्थ्य केन्द्रमा उपचार गरि गम्भिर देखिएकाहरुलाई सदरमुकाम स्थित बेनी अस्पतालमा रेफर गरिएको छ ।

उद्धारमा दरबाङ स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयबासी खटिएका छन् । बस दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।