१११औँ लक्ष्मी जयन्तीको अवसरमा बेनीमा गजल हुने

  • ६ कार्तिक २०७६, बुधबार
  • 3610 पटक पढिएको

बेनी, ६ कात्तिक । लक्ष्मी प्रसाद देवकोटाको १११ औँ जन्मजयन्तीको अवसरमा साहित्यकारको उपस्थितमा गजल कार्यक्रम गर्ने भएको छ । म्याग्दी साहित्य सञ्चारको आयोजना र नवोदित साहित्य वाचनालय कतार अनेसास कतार शाखाको सह–आयोजनामा देवकोटाको सम्झनामा बुलबुलको आगनमा कात्तिक ९ गते गजल कार्यक्रम आयोजना गरिएको हो ।


विभिन्न साहित्य कार्यक्रमलाई निरन्तरता दिदै आएको म्याग्दी साहित्य सञ्चारले साहित्यकारहरुको सम्झनामा विगतदेखिनै विविध साहित्य कार्यक्रम गर्दै आएको छ । संञ्चारले कात्तिक ९ गते युवा गजलकार प्रदिप रोदन र नकुल पौडेललाई ल्याउने भएको छ । बुलबुलमा गजलकार रोदन र पौडेलको साथमा स्थानीय गजलकारहरु नारायण अभिलाषि, इन्द्र वियोगी, अमर स्पन्दन, विभा ढुङ्गाना र कान्ति पौडेलका गजलहरुको पनि प्रस्तुती हुनेछ ।नेपाली साहित्यमा रुची राख्ने साहित्य प्रेमीहरुले लक्ष्मी जयन्तीलाई विशेष उत्सवको रुपमा लिँदैे नेपाली साहित्य विभिन्न साहित्यिक कार्यक्रम गरेर देवकोटालाई सम्झने गर्दछन् ।

महाकवि देवकोटाको जन्म १९६६ साल कार्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित भएको लोकप्रिय पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ ।