नेकपा बेनी नगरपालिकाको अगुवा कार्यकर्ता प्रशिक्षण

  • २ कार्तिक २०७६, शनिबार
  • 526 पटक पढिएको

म्याग्दी, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि म्याग्दीले बेनी नगरपालिकाका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा बेनी नगरपालिका कमिटिको ब्यवस्थापनमा पाटी कार्यालयमा नगरका कार्यकर्ता, जनप्रतिनिधि र युवाहरुको उपस्थितमा प्रशिक्षण कार्यक्रम गरिएको हो ।  कार्यक्रममा नेकपाका नेताहरुले अनुशासनमा ध्यान दिन, एकताको भावनालाई बुझेर जनताको समस्या समाधान र विकास निर्माणमा जुट्न अगुवा कार्यकर्तालाई आग्रह गरेका छन् ।


नेकपा बेनी नगर कमिटिका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा भएको अगुवा प्रशिक्षण कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य टेकबहादुर विक र नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले प्रशिक्षण गराएका थिए ।


सचिव श्रेष्ठले गुट, उपगुटको पछि नलागी एकताको भावना अनुसार स्थानीय स्तरमा विकास निर्माण र जनताका समस्या समाधान तथा आवश्यकता पुरा गर्न ध्यान दिन अगुवा कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले विकास आजको भोलि नहुने बताउदै आन्दोलनले फालेका शक्तिहरु सरकारको आलोचना तर्फ लागेको बताए ।अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन नेकपा बेनी नगर कमिटिका सचिव राजकुमार थापाले गरेका थिए । कार्यक्रममा सचिवालय सदस्य लगायतको उपस्थित रहेको थियो ।