बरंजाका झलक झरी परेको दिन किन टोलाएर बसे ? ( भिडियाेसहित )

  • ९ आश्विन २०७६, बिहीबार
  • 2579 पटक पढिएको

बेनी, ९ असोज । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाका कलाकार झलक पुनको लोक पप गित झरी परेको दिन… सार्वजनिक भएको छ । सम्बोज मल्लको शब्द र संगित रहेको गितको म्युजिक भिडियो गायक पुनले आफ्नै युट्यव च्यानलबाट बुधबार सार्वजनिक गरेका हुन् । गित मार्फत पुनले प्रेमको बिछोडलाई व्यक्त गरेका छन् ।

गितमा कबिता नेपाली र लोकेश चोचाङ्गीको अभिनय छ । काठमाडौमा अध्ययनसँगै ब्यवसाय गर्दै आएका पुनले यसअघि लोक पप गित चौबन्दी चोली र सालैजो गित मगरको छोरो ल्याएका थिए । यसअघिको गितबाट पाएको सफलता र दर्शक स्रोताको साथ तथा सुझाव अनुसार तेस्रो गित ल्याएको पुनले बताउनुभयो ।