लायन्स बेनी पिस सिटीद्धारा बगरफाँटका बाढीपीडितलाई राहत सामाग्री वितरण

  • ५ आश्विन २०७६, आईतवार
  • 1939 पटक पढिएको

 

म्याग्दी, ५ असोज । लायन्स बेनी पिस सिटिद्धारा बेनी नगरपालिका २ बगरफाँटका बाढीपिडितलाइ राहत सामाग्री वितरण गरेका छन् । सिटिद्धारा ३६ हजार बराबरको तिन परियारलाई ग्यास चुलो र भाडाको सेट वितरण गरेको हो । सिटिका अध्यक्ष नरेश श्रेष्ठ, संस्थापक अध्यक्ष राजेश शाक्य, निर्वतमान अध्यक्ष लोकेश पुनमगर लगायतको कार्यसमितिको उपस्थितमा बाढी पिडितलाई राहत वितरण गरिएको हो ।


राती साढे १० बजे भिषण बर्षातपछि खोलाले धार परिबर्तन गरि बस्तीतिर आएको बाढीले बगरफाटमा स्थायी रुपमा बस्ने दिपक जुग्जाली, पार्वती परियार, राममाया परियारको ३ घरमा पुर्ण क्षति गरेको थियो । सो क्षति भएको परिवारलाई आवश्यक सामाग्रीसहित सिटिद्धारा हस्तान्तरण गरिएको ।


सोेही स्थानमा रहेको बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भवन शौचालय र खेलमैदान पुणर््ा क्षती भएको छ। बगरफाटँ स्थायी रुपमा बस्ने माया परियारको घरमा पाउना बनेर गएका दुइ बालिका बेपत्ता भएका हुन् । बेनी नगरपालिका ९ बस्ने पार्वती परियारकी १० बर्षकी छोरी प्रविना परियार र बेनी नगरपालिका ५ खोरगैरा बस्ने अनिता परियारका छोरी अनुश्का परिया बेपत्ता भएका हुन् ।


स्थानीयबासी चित्रबहादुर रिजालका अुनसार राती आएको बाढीले खोलको धार परिवर्तन गरि ३ घर पुर्ण क्षति र घर आशिँक क्षतिसहित विद्यालय पुर्ण क्षति पु¥याएको छ। भने बेनी बजारबासीले खानेपानी पाईपमा क्षति पु¥याएको छ। प्रहरी टोलीसहित डोजरबाट बेपत्ता भएका दुइ बालिकाको खोजी गरिरहेको छ ।