एमाले–माओवादी गठबन्धनको झिँ र पाखापानीमा आमसभा

  • २४ बैशाख २०७४, आईतवार
  • 4476 पटक पढिएको

म्याग्दी, २५ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको प्रचार अभियान अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ५ झिँ र ६ पाखापानीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदवारहरुको टोलिले आईतवार चुनाबी आमसभा सम्पन्न गरेको छ । दुबै ठाउँमा आयोजित सभामा  निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका एमालेका खिमबहादुर शाही र उपप्रमुख पदमा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हरि भण्डारीलाई बिजयी गराउन आह्वान गरिएको थियो ।

पाखापानीमा स्थानीय अगुवा हरि पाईजाको अध्यक्षतामा भएको चुनाबी सभामा बोल्दै नेकपा एमाले म्याग्दीका सचिब बालकृष्ण सुवेदीले समग्र रघुगंगा गाउँपालिकाको विकास र गाउँपालिकाको केन्द्र थप गर्नका लागि एमाले–माओवादी गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउनुपर्ने बताउनुभयो । उहाँले भौगोलिक रुपमा विकटता रहेको रघुगंगा गाउँपालिकामा विकास निर्माणका पूर्वाधारहरुको अभाब रहेकाले संयुक्त प्यानलबाट उम्मेदवार बनेकाहरु अनुभवी र क्षमतामान  रहेकाले उनीहरुलाई बिजयी गराउनुपर्ने धारणा राख्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुखका उम्मेदवार एमालेका खिमबहादुर शाही र उपप्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका हरि भण्डारीले आफुहरु जनताको सेवा र गाउँपालिकाको समृद्धिको लागि योजना सहित चुनाबमा होमीएको बताउँदै गाउँपालिकाको समृद्धिका लागि आफुहरुलाई मतदान गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेत्री विष्सु शेन, पाखापानीमा एमाले–राप्रपा गठबन्धनको तर्फबाट वडा अध्यक्षका पत्यासी जगनारायण गौचन, वडा सदस्यका उम्मेदवार दिपा पुन, भक्तिलाल बुढाथोकी, धनीलाल पुन, एमाले जिल्ला सदस्य ओमकुमार शेरपुञ्जा,गाउँकमिटी अध्यक्ष टकबहादुर पुन लगायतले मन्तव्य राख्नुभएको थियो । त्यस्तै झिँमा आयोजित सभामा एमाले जिल्ला सचिब सुवेदी, गाउँपालिका प्रमुखका पत्यासि खिमबहादुर शाही, उपप्रमुखका पत्यासी हरि भण्डारी, एमाले–माओवादी–राप्रपा गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार कृष्ण थजाली, नेकपा माओवादी केन्द्रकी नेतृ विष्सु सेन लगायतले मन्तव्य राख्नुभएको थियो भने बालकृष्ण खत्रीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । सो टोलिले झिँ र पाखापानीमा घरदैलो समेत गरेको जनाएको छ । तस्बिर : प्रविन शाही