हिदीमा खानेपानी समस्या

  • २९ भाद्र २०७६, आईतवार
  • धिरन खत्री
  • 2644 पटक पढिएको

म्याग्दी, २९ भदौँ । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा खानेपानीको समस्या रहेको छ । बर्खायामको समयमा पनि हिदीमा अवस्थित ३० घरलाई खानेपानी समस्या भएको हो । २०२२ सालमा निर्माण गरिएको खानेपानी योजनामा २०४९ सालमा पञ्चबर्षिय योजनासहित धारा निर्माण गरिएको थियो । सो धारामा अहिले पानी आउन छाडेपनि स्थानीयलाई खानेपानीको जोहो गर्न सकस परेको हो ।


गाउँमा वस्ती विस्तार हुदै जानु, योजना जिर्ण हुनु, खानेपानीको नयाँ विकल्प सिर्जना नहुँदा खानेपानी समस्या भएको वडासदस्य चन्द्रमान शेरचनले जानकारी दिए ।२२ साले खानेपानी आयोजना पुर्ननिर्माण नहुदाँ ग्रागी बोकेर टाढा पानी लिन जानपुपर्ने, निश्चित समयमा आएको खानेपानी ड्रम तथा अन्य भाडाँमा संकलन गरेर राख्नुपर्ने बाध्यता स्थानीयलाई भएको शेरचनले बताए ।

उनले गाउँपालिका, प्रदेशका साँसद तथा सामाजिक विकास मन्त्री नरदेवी पुनलाई समेत जानकारी गराएपनि अहिलेसम्म कतैबाट पनि पहल नभएको बताए । खानेपानी समस्या हुदाँ बसाइसराई बढ्दै गएको र गाउँमा बस्ती विस्तार हुन सकेको छैन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l