धौलागिरी आधार शिविरमा थुप्रिएको फोहोर हटाउन युवाहरुको पहल

  • २४ बैशाख २०७४, आईतवार
  • कमल खत्री
  • 4195 पटक पढिएको

म्याग्दी, २५ वैशाख । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर हटाउन स्थानीय युवाहरुले पहल थालेका छन् । संसारको सातौँ ¬(८,१६७ मिटर) अग्लो हिमालको रुपमा रहेको धौलागिरी हिमालको आरोहण र धौलागिरी चक्रिय पदमार्गको भम्रणमा जाने पर्यटकहरुले प्रयोग गरेर फालेका फोहोर सामाग्रीले धौलागिरी आधार शिविर क्षेत्र प्रदुषणको चपेटामा परेको छ ।

आधार शिविरमा आरोही र भम्रणमा पुगेका पर्यटक, पर्यटक गाइड तथा तिनका सहयोगीहरुले प्रयोग गरेर फालेका फोहोर बर्षोदेखि थुप्रिएको कारण त्यसलाई हटाउन पहल थालिएको राउण्ड धौलागिरी युवा क्लब मुदी मगराका अध्यक्ष दिलबहादुर पुनले बताउनुभयो ।

उहाँले बस्ती देखि तीन दिन लामो पैदल दुरी पछि मात्रै धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा पुगिने त्यहाँ सरकारी निकायबाट अनुगमन नहुँदा पर्यटकहरुले जथाभावि फोहोर फाल्नेक्रम बढेको कारण हिमाली क्षेत्र प्रदुषणको चपेटामा पर्ने खतरा रहेको बताउनुभयो ।

धौलागिरी हिमालको आधार शिविर पदयात्राको अन्तिम मानव बस्तीको रुपमा रहेको बगराको सो क्लबले हालै धौलागिरीको आधार शिविरमै पुगेर फोहोरको अबस्थाबारे स्थलगत अध्ययन गरेको छ । आधार शिविरमा अहिलेपनि दुर्घटनाग्रस्त हेलिकप्टरका पाटपुर्जादेखि पर्यटकले प्रयोग गरेर यत्रतत्र फालेका फोहोर अत्यधिक मात्रामा भेटिएको क्लबका कोषाध्यक्ष पूर्णबहादुर पुर्जाले बताउनुभयो ।

क्लबका ९ जनाको टोलिले पाँच दिन लामो पदयात्रा मार्फत धौलागिरी आधार शिविर क्षेत्रमा थुप्रिदै गएको फोहोरको स्थलगत निरीक्षण र अध्ययन गरेको थियो । अध्ययन टोलिले धौलागिरी आधार शिविर क्षेत्रमा थुप्रिन थालेको फोहोरलाई तत्काल व्यवस्थापनको लागि आबश्यक प्रकृया अगाडी बढाउन जिल्ला समन्वय समिति र धौलागिरी गाउँपालिका कार्यालयमा लिखित रुपमा आग्रह गरिसकेको छ ।

‘‘ पर्यटकीय क्षेत्रमा बढेको फोहोरले नकरात्मक सन्देश प्रवाह गर्ने खतरा छ, अर्कोतर्फ यसले हिमाली क्षेत्रमा प्रदुषण बढाउने निश्चित छ, आधार शिविरमा बढेको फोहोर हटाउन सरकारले आर्थिक सहयोग गरे, त्यसको नेतृत्व गर्न हामी तयार छौ,’’–क्लबका सहसचिब खिमबहादुर बढा मगरले भन्नुभयो । क्लबले धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि रहेको फोहोरलाई हटाउँदै पर्यटकहरुलाई समेत फोहोर नफाल्न कडाई गर्न आफुहरु सहयोगीको रुपमा काम गर्न तयार गरेको जनाएको छ ।


स्थानीयले धौलागिरी आधार शिविर क्षेत्रमा फालिएको फोहोर व्यवस्थापन गर्न र पर्यटकहरुलाई यस क्षेत्रमा जथाभावि रुपमा फोहोर फ्याँक्न रोक लगाउनुपर्ने माग गर्दै आएका छन् । आधार शिविरमा पुग्ने पर्यटक र तिनीहरुका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्याँस सिलिण्डर, भारी बोक्ने क्यारी, सिसाका बोतल, रबर र फलामका भाँडाकुडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खादा,  खाजा प्याक गरिएका प्याकेट तथा प्लास्टिक लगायतको फोहोर थुप्रिएको छ ।

यस क्षेत्रमा हेलिकप्टर मार्फत पु¥याईएका टायर , धातुका सामाग्री र आरोहणमा प्रयोग गरिएका उपकरण समेत आधार शिविरमै अव्यवस्थित तवरले फालिँदै आईएको छ । आधार शिविर क्षेत्रमा सरकारी उपस्थिति र निगरानी नभएकाले समेत फोहोर बढ्ेको मुदीका पर्यटन व्यवसायि हरिप्रसाद तिलिजाले बताउनुभयो ।

केही बर्ष अगाडि पर्यटन मन्त्रालयले लाखाँै खर्च गरेर धौलागिरी आधार शिविरको फाहोर व्यवस्थापन गर्न काठमाण्डौबाट एक टोलि परिचालन गरेपनि उक्त टोलिले फोहोर व्यवस्थापन गर्नुको साटो औपचारीकता मात्रै पुरा गरेर फर्किएको स्थानीय पर्यटन व्यवसायिको गुनासो छ । अत्यधिक चिसो हुने भएकाले समेत आधार शिविरमा बर्षौदेखि कुहिने प्रकारका फोहोर समेत नकुहिएको अबस्थामा थुप्रो लागेको हो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l