एक हजार ४६ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • २४ भाद्र २०७६, मंगलवार
  • 1719 पटक पढिएको

 

बेनी, २४ भदौ । म्याग्दीका १५ वटा सामुदायिक विद्यालयका एक हजार जना भन्दा बढी विद्यार्थीहरुलाई एक चिनिया संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ । द चाइना फाउण्डेशन पोभर्टी नेपाल र सफा सुनौलो नेपालले मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकाका एक हजार ४६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । एक÷एक थान विद्यालय झोला, कलर बक्स, ज्यामिति बक्स, पेन्सील, कापी वितरण गरिएको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको पहलमा संस्थाले उपलब्ध गराएको शैक्षिक सामग्री सम्बद्ध पालिकाका जनप्रतिनिधिहरु मार्फत वितरण गरिएको मन्त्री थापाको निजी सचिवालयका सदस्य गम पुनले जानकारी दिनुभयो ।अन्नपूर्ण गाउँपालिकाको ज्ञान प्रकाश मावि दानाका २५९, काफलडाँडा आधारभूत विद्यालयका ५५, देउराली आधारभूतका २६ र कैलाश माविका ९९ जना विद्यार्थीले सहयोग पाएका छनन् । यस्तै मालिका गाउँपालिकाको सिद्ध आधारभूत विद्यालयका २८ जनालाई वितरण गरिएको र राष्ट्रिय माविका १०० जनालाई वितरणको तयारी छ ।

मंगला गाउँपालिकाको जनआदर्श आधारभूत विद्यालयका १५, प्रभात आधारभूतका ५१, ज्ञानोदय आधारभूतका ८२, जनता आधारभूतका १६, बालोदय आधारभूतका ७९, जानकी आधारभूतका ३८ र प्रगति आधारभूतका ६८, अरनीको आधारभूतका ५९, जनआवाज आधारभूतका ७१ जनालाई शैक्षिक सामग्री वितरण गरिएको पुनले जानकारी दिनुभयो । गरिब विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउन सहयोग गरिएको उहाँले बताउनुभयो ।