नेकपाले मनायो सुरेश वाग्ले स्मृति दिवस

  • २४ भाद्र २०७६, मंगलवार
  • 1868 पटक पढिएको

बेनी, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले सोमबार सुरेश वाग्ले (वासु) को स्मृति दिवस मनाएको छ । हाँडेभिर स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वाग्ले र भिमसेन पोखरेल (बैरागी)को तस्विरमा माल्यार्पण गरिएको थियो । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता, सचिव हरिकृष्ण श्रेष्ठको सञ्चालन र नगर कमिटि अध्यक्ष शेरबहादुर केसीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।


वि.स. २०५५ मा तत्कालीन नेकपा माओवादीको वैकल्पिक पोलिट्ब्युरो सदस्य बनेका वाग्लेलाई २०५६ भदौ २३ गते गोरखाको गाँखुमा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो । प्रहरीबाट मारिएका तत्कालीन माओवादीका सबैभन्दा उच्च स्तरका नेता वाग्लेको नाममा सरकारले काठमाडौको महाराजगञ्जमा सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्प्ताल बनाइरहेको छ ।