माउण्ट कपको उपाधी छात्र प्रकाश मावि र छात्रा माउण्ट एभरेष्टलाई

  • २२ भाद्र २०७६, आईतवार
  • 2185 पटक पढिएको

म्याग्दी, २२ भदौँ । जिल्लास्तरीय अन्तरमावि छात्रछात्रा नवौं माउण्ट कप भलिबल प्रतियोगिताको उपाधी प्रकाश मावि र आयोजक माउण्ट एभरेष्टले जितेको छ। युवा रेडक्रस सर्कल माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनमा आइतबार खुल्लामञ्चमा भएको फाईनलमा छात्रतर्फ आयोजक माउण्टलाई २ विरुद्ध ३ सेटले जित्दै प्रकाश माविले उपाधी जितेको हो । छात्रातर्फको खेलमा माउण्ट एभरेष्टले मंगला गाउँपालिका–३ बरंजाको महेन्द्ररत्न माविलाई पराजित गर्दै उपाधी जितेको हो ।

प्रतियोगितामा छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमशः ३५ हजार, २० हजार र छात्रातर्फ प्रथमले २० हजार र ं द्वितीयले १० हजार नगदसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित वितरण गरिएको थियो ।
प्रतियोगितामा छात्रतर्फ १२ र छात्रातर्फ विभिन्न ७ ओटा विद्यालयको सहभागिता रहेको थियो ।