सहकारीद्धारा विद्यालयमा प्रतिक्षालय निर्माण

  • २४ बैशाख २०७४, आईतवार
  • 2212 पटक पढिएको

पर्वत, २५ वैशाख । पर्वतको जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको श्रीकृष्ण गंगा बहुउद्देश्यिय सहकारी संस्थाले विद्यालयमा प्रतिक्षालय निर्माण गरेको छ ।

संस्थाको ९ औ स्थापना दिवसको अवसर पारेर जलजला ८ फोर्सेमा रहेको शिव माध्यमिक विद्यालयमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको हो । ७० हजार रुपैयाको लागतमा स्टेज सहितको प्रतिक्षालय निर्माण गरेको सहकारीका प्रबन्धक ओमप्रकाश शर्माले बताउनुभयो ।

स्टेज निर्माण भएपछि विद्यालयमा विभिन्न कार्यक्रम, सभा समारोह सञ्चालन गर्न सहज भएको छ । सहकारीकी उपाध्यक्ष लक्ष्मीकुमारी हमालले स्टेजको उद्घाटन गर्नुभएको थियो ।