बागलुङको नाच्ने डाँडामा तीज महोत्सव,शिक्षित महिला विना समृद्धि असम्भवः मन्त्री पुन

  • १७ भाद्र २०७६, मंगलवार
  • 2437 पटक पढिएको

थम्मन थापा

गलकोट १७ भदौ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षित महिला नभए सम्म समृद्व समाज निर्माण नहुने बताउनु भएको छ । नाच्ने डाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको नाच्नेडाॅडा तीज महोत्सवको उद्घाटन गदै प्रमुख अतिथि मन्त्रीले यस्तो बताउनु भएको हो । त्यसको लागि आफना छोरी बुहारीहरुलाई शिक्षित बनाउन अहिलेको आवश्यकता रहेको मन्त्री पुनको भनाई छ । गण्डकी प्रदेश सरकारले पढे लेखेका महिलाहरुको लागि लोकसेवा कक्षा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको हुॅदा आफ्नो सर्टिफिकेटलाई अब महिला दिदीबहिनीले सिरानीमुनी राखेर बस्न नहुने बताउनु भयो । मन्त्री पुनले संविधानले हरेक ठाँउमा समावेशी रुपमा महिलाको व्यवस्था गरेको महिला दिदिबहिनीहरु सामाजिक शैक्षिक र स्वास्थ्यका हिसावले सक्षम हुनु जरुरी रहेको बताउनु भयो । 

सो अवसरमा गण्डकी प्रदेशका सांसद सावित्रा राना ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली, ताराखोला गाउॅपालिकाका अध्यक्ष प्रकाश घर्ती, गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य मिना दर्जीले शुभकामना मन्तव्य राख्नुभएको थियो । महोत्सवमा आयोजित बृहत तीज गीत प्रतियोगितामा गोल्डेन फ्यूचर ईङलिस सेकेण्डरी स्कुल गलकोट नगरपालिका ४ डाॅडाखेत प्रथम, भैरव माध्यमिक विद्यालय गलकोट नगरपालिका ९ बाॅसखोला द्वितिय, टोल सुधार आमा समुह गलकोट नगरपालिका ४ तृतिय र घुम्टे प्रगति महिला समुह गलकोट नगरपालिका ७ मल्म र टोल सुधार आमा समुह गलकोट नगरपालिका ७ तल्लो सिरबारे सान्तवना भएका छन । त्यस्तै एकल नृत्य प्रतियोगिता तर्फ न्यू लाईफ सेकेण्डरी स्कुल गलकोटकी अनिता थापा प्रथम, बामियाकी पुजा विक द्वितिय र आगाॅखेतकी सरस्वती केसी तृतिय भएका छन ।

महोत्सवमा महिला अभिनन्दन अन्तर्गत आगन्तुक चेली तर्फ गलकोट नगरपालिका ३ बौराचौतारा निवासी ९२ वर्षिय कली कुमारी थापा खत्री, ज्येष्ठ महिला तर्फ गलकोट नगरपालिका ७ मल्म निवासी ८५ वर्षिय पार्वती दर्जी र सकृय महिला समाजसेवी तर्फ गलकोट नगरपालिका ७ झिर्का निवासी सिता कार्कीलाई अभिनन्दन गरिएको थियो । त्यस्तै महोत्सवमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु बहुचर्चित लोक दोहोरी गायक विष्णु खत्री, चर्चित लोक दोहोरी गायिका फुलमाया केसी, चर्चित लोक दोहोरी गायक रेशम निर्दोश, कृष्ण भण्डारी लगायतको सांगितिक प्रस्तुति रहेको थियो ।

लोपोन्मुख कला संस्कृति हाम्रो शान, नाच्ने डाँडाको संरक्षण हाम्रो अभियान” भन्ने मुल नाराका आईतवार देखि सुरु भएको तीज महोत्सवमा कलाकार, पत्रकार, सहयोगदाता, प्रायोजक, अक्षयकोयकर्ता लगायतलाई सम्मान गरिएको थियो । तीजको मौलिक कला संस्कृतिको संरक्षण प्रर्वद्धनसँगै गलकोट क्षेत्रकै धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थलका रुपमा परिचित नाच्ने डाँडाको संरक्षण गर्दै शिद्वेश्वर शिवालय मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नाच्ने डाॅडा तीज महोत्सव आयोजना गरिएको महोत्सव प्रचार प्रसार संयोजक एवं समाजका सह–सचिव थम्मन थापाले जानकारी दिनुभयो ।

महोत्सवमा नाच्ने डाँडा संरक्षण समाजको लागि अक्षयकोषमा रहने गरि ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले रु.१ लाख, १ हजारदिने घोषणा गरेका थिए । साथै अवसरमा घुम्टे युवा परिवारको जापान शाखाद्धारा सहयोग प्राप्त गलकोट नगरपालिका ७ मल्म भल्साङ निवासी एकल वृद्धा मनकुमारी थालाई नगद ३ लाख ५५ हजारको चेक हस्तान्तरण गरिएको थियो । नाच्ने डाँडामा परम्परागत रुपमा झण्डै २ सय वर्ष भन्दा अगाडी देखि तीज मेला हुदै आईरहेको पाकापुस्ताहरुको भनाई छ । नाच्ने डाँडा संरक्षण समाजको मुल आयोजना, सिद्वेश्वर शिवालय सेवा समितिको आयोजना तथा विभिन्न संघ संस्थाहरुको सह–आयोजनामा सञ्चालन भएको थियो । नाच्ने डाँडा तीज महोत्सव नाच्ने डाँडा संरक्षण समाज मल्मका अध्यक्ष कोपिला खड्काको अध्यक्षता, सदस्य सबिता मरासिनीको स्वागत र सचिव कोपिला थापा र कल्पना भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।