पुस्तकालय दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

  • १५ भाद्र २०७६, आईतवार
  • 2895 पटक पढिएको

म्याग्दी १५ भदौ । १२ औँ पुस्तकालय दिवसको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाको आयोजनामा मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । ‘पठन संस्कृतिको पूर्वाधारः पुस्तकालयको विकास र विस्तार’’ बिषयक निबन्ध लेखन प्रतियोगितामा गाउँपालिकाभित्र रहेका ७ वटा मावि विद्यालयका १४ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा जनता माविका कल्पना शेरपुञ्जा प्रथम, मुक्तिधाम माविका आस्विन कार्की द्धितिय र महेन्द्र माविका एजित थजाली तितृय हुन सफल भएका थिए । उनीहरुलाई गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, स्थानीय अगुवा बालकृष्ण सुवेदी लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

विद्यार्थिहरुमा रहेको तार्किक क्षमता पहिचान र प्रतिस्पर्धी बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो भने प्रकाश सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको शिक्षा शाखाका संयोजक प्रेम थापाले जानकारी दिनुभयो ।