मोना न्यूजिल्याण्डको अध्यक्षमा कार्की चयन

  • ७ भाद्र २०७६, शनिबार
  • 3142 पटक पढिएको

म्याग्दी ७ भदौ । म्याग्दी प्रवासी नेपाली संघ मोना न्यूजिल्यान्डको नयाँ नेतृत्व चयन भएको छ । म्याग्दीको घोरेपानीमा हुन लागेको मोनाको अन्र्तराष्ट्रिय सम्मेलनको तयारी स्वरुप अहिले विश्वभर छरिएर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था मोनाको विभिन्न देशमा अधिवेशन हुने क्रम बढेको छ ।


नयाँ नेतृत्व चयनको लागि भएको कार्यक्रमबाट मोना न्युजिल्याण्डको अध्यक्षमा दिनेश कार्की , उपाध्यक्षमा भरत घर्ति, बेल पुन श्रेष्ठ र सन्तोष थापा, सचिब हरी सापकोटा, कोषाध्यक्षमा सुमन कार्की र सहकोषाध्यक्षमा सत्यजंग थापा चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा कुमार के.सी., धु्रब थापा, अनिश पौडेल र देव थापा चयन भएका छन् । आगामी २०२१ सम्म कार्यकाल रहने समितिको नयाँ नेतृत्व चयन गर्ने सो कार्यक्रममा संस्थाको आगामी कार्ययोजनाको बारेमा समेत छलफल भएको थियो ।

कार्यक्रममा मोना आईसिका अध्यक्ष चक्र बहादुर थापा, एनआरएनए ओसियानाका संयोजक तथा मोना आईसिका सह–कोषाध्यक्ष लोकनाथ पौडेल, एनआरएनए न्यूजिल्यान्डका वर्तमान अध्यक्ष लाल बहादुर केसी, एनआरएनए न्यूजिल्यान्डका भुत–पूर्व सचिब टिका जंग थापा लगायतको सहभागिता रहेको थियो ।