ब्यवसायिक पशुपालनमा थमप्रसाद पौडेलको सफलता

  • ७ भाद्र २०७६, शनिबार
  • धिरन खत्री
  • 3929 पटक पढिएको

 

म्याग्दी, ७ भदौँ । गाउँमै कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण मंगला गाउँपालिका– २ तोराखेतस्थित बस्ने थमप्रसाद पौडेलले दिएका छन् । बेनी – दरवाङ सडक नजिकै पौडेलले ब्यवसायिक पशुपालन तथा कृषि खेती गरेर सफल कृषकको परिचय जिल्लामा बनाउन सफल भएका छन् ।


पौडेल भैसी फार्ममा संचालनबाट ७ वटा भैँसी उन्ले पाल्दै आएका छन् । बिहानै उठछन्, भैसीको स्याहारसुसार र दुध दुने काम दैनिकी हो पौडेलको । दैनिक रुपमा उत्पादन गरेको दुध आफुले संचालन गरेको डेरीमा राख्छन् । उन्ले कहिल्यपनि दुधमा पानी मिसाएर बेच्देनन् । उन्को डेरीमा राखेको शुद्ध दुध र दही बेनी– दरवाङ सडकमा सवारीसाधनमा आवातजावात गर्ने यात्रुहरुले रोकेर खाने र लिटरको दुधलाई ८० रुपैया र दहीलाई १ सय रुपैयाँमा किनेर लैजाने गर्छन ।


करिव १० लाख लगानीमा भैसी र गोठ सुधार गरेका छ्न । परिश्रमलाई मुल्यांकन गर्दै पशु तथा भेटेनरी कार्यालय म्याग्दीबाट गोठ सुधारका लागि ४ लाख अनुदान दिएको बताए । ७ वटा उन्नत जातका भैसीँ पालनसंगै पौडेलबाट वार्षिक साढे ३ लाख आम्दानी गर्दै आएका छन् । दैनिक ३० लिटर दूध उत्पादन गर्छन् ।


आफ्नो उमेर समूहका अधिकांश साथी विदेश जाँदा उनी भने गाउँमै बसेर निरन्तर पेशामा गरेको परिश्रमले परिवारको आवश्यक खर्च ढुक्कसंगै पु¥याउदै मासिक ३० हजार बचत गर्छन् । उनले मासिक रुपमा ७० हजारको आम्दानी गर्छन् । दाना र अन्य खर्च कटाएर ३० हजार भन्दा माथि बचत हुने बताए । पशुपालन ब्यवसायबाट भएको आम्दानीबाट उन्की श्रीमती कलिमाया पौडेलपनि सन्तुष्ट छिन् । दैनिक श्रीमानको काममा सघाउदै आएकी छन् ।


कुनै पनि ब्यवसायमा इमान्दार र गुणस्तर बस्तु उत्पादन गर्न निरन्तर लाग्ने हो भने हरेक ब्यवसायमा सफल हुने उदाहरण उन्को ब्यवसायमा गरेको मेहनतले देखिन्छ । उन्कोे फर्मबाट उत्पादित दुध विक्रिका लागि बजारको समस्या छैन् । ८ बर्ष अगाडी २ ओटा भैँसी मात्र पालेको थिए । उन्ले दुइओटा भैसीको दुध बेचेर अहिल्य ७ ओटा पु¥याउन सफल भएका हुन् । उनले भैसी पिसावलाई संकलन ट्याँकी बनाएका छन् । प्राङ्गारिक मल प्रयोग गर्दै केरा तथा तरकारी खेती गरेका छन् । उनले फर्ममा घास काट्नका लागि दुई जनालाई रोजगार समेत दिएका छन् । स्थानीय स्रोतसाधन प्रयोग गर्दै थोरै लगानी निरन्तर मेहनत गर्न सके राम्रो आम्दानी स्वदेशमा पनि गर्न सकिन्छ भन्ने उदाहरण पौडेलको पशुपालन ब्यवसायबाट भएको सफलतामा देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l