दिच्याममा माओवादीको चुनावी सभा

  • २१ बैशाख २०७४, बिहीबार
  • 2359 पटक पढिएको

म्याग्दी, २१ वैशाख । नेकपा माओवादी केन्द्र मालीका गाउँपालीकाले चुनाव प्रचारका क्रममा बिहीबार ६ नम्बर वडाको दिच्याममा चुनावी सभा सम्पन्न गरेको छ ।

सो कार्यक्रममा बोल्दै माओवादी केन्द्रको गाउँपालीका अध्यक्षका उमेद्वार कमल केसी र उपाध्यक्षको उमेद्वार गौरी सेञ्चुरीले माओवादीको एजेण्डा अनुसार सिहदरबारको अधिकार गाउँ, नगरमा आएको बताउँदै त्यसलाई कार्यान्वयन गर्न, विकास र सम्बृद्धीका लागि माओवादी केन्द्रलाई मतदान गर्न आग्रह गर्नुभयो ।

वडा अध्यक्षका उमेद्वार खड्क छन्त्यालको अध्यक्षता र ओमकार रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा होमलाल पुन र लालमन रसाईलीले मन्तब्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा रामबहादुर गुरुङको अध्यक्षतामा थमबहादुर अर्मजा, खडानन्द आचार्य लगायत रहनुभएको ९ सदस्यीय माओवादी केन्द्रको टोल स्तरीय चुनाव प्रचार समिति गठन भएको छ ।

मालीकाको ७ वटै वडामा उमेद्वार सहितको टोलीले घरदैलो अभियान सञ्चालन गरेको माओवादी केन्द्रले जनाएको छ ।