सहकारीको ब्याजदर सम्वन्धि अन्तरक्रिया

  • १ भाद्र २०७६, आईतवार
  • धिरन खत्री
  • 2233 पटक पढिएको

 

म्याग्दी, १ भदौँ । सहकारीका संचालक र प्रवन्धकको उपस्थितमा बेनीमा सहकारीको ब्याजदर सम्वन्धि अन्तक्रिया गरिएको छ । पुर्व रजिष्ट्रार सुर्दशन ढकाल र राष्ट्रिय सहकारी बैँक संचालक रामबहादुर जिसिले सहकारी ब्याजदर सम्वन्धी जानकारी गराएका थिए ।

सहकारी संस्थाको ब्याजदरलाई ब्यवस्थित गर्न ऐनमा सहकारीले लिने र दिने ब्याजदर ६ प्रतिशतभन्दा बढी लिन नपाईने ब्यवस्था छ । सहकारीले कर्जा प्रवाहमा लिने ब्याजमा बेतिथि बढेको बताउदै सहकारी बैंक, बहुउद्देश्यीय, बचत र लधुवित्त सहकारीले १६ प्रतिशत भन्दा बढी लिन नपाईने बनाएको छ । त्यसबारे जिल्लाको फाईदा र बेफाईदाबारे संघको आयोजनामा अन्तरक्रिया गरिएको हो ।
सहकारीको ऐन, नियमावली, चुनौतीहरु र सिद्धान्तबारे पुर्व रजिष्ट्रार ढकालले सहकारीका संचालक र कर्मचारीलाई जानकारी गराएका थिए । उनले वित्तिय सहकारीरुलाई ऐन नियममा प्रभावकारी संचालन गराउन संघ, प्रदेश र स्थानीयतहरुमा अनुगमन गर्ने कर्मचारीको अभाव भएको बताए ।

नेपालमा सहकारी सेवाग्राहीविच विश्वाशिलो बन्न नसकेको बताउदै बचतको सुरक्षा, सेवाप्रवाहमा भरपर्दो बनाउन तर्फ लाग्न संचालकलाई आग्रह गरेका थिए । उनेल युरोपेली देशमा सहकारीविना ब्यवसायिलाई कारोबार गर्न अप्ठ्यारो हुने बताउदै नेपालमा अझै सहकारी विश्वाशिलो रुपमा जनतामा विकास हुन नसकेको जानकारी दिए । सहकारी धनाढ्यहरुको मात्र कमाउने धन्दा भएको बताउदै गरिवहरुको जीवनस्तर सुधार गर्ने हिसावले कारोबार बढाउन लाग्न सहकारीका संचालक र प्रवन्धकलाई सुझाव दिएका थिए ।

त्यस्तै अन्तरक्रियामा रामबहादुर जिसिले सहकारी संघको भुमिका र दायित्वबारे जानकारी गराए थिए । जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले जिल्लामा २ सय ४३ सहकारी रहेपनि संघमा १ सय ३६ सहकारी आवद्ध रहेको जानकारी दिदै सबैलाई आवद्ध गरेर जिल्लाको सहकरीलाई जनतामामाझँ भरपर्दौ बनाउन लाग्ने बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l