जनसहभागितामा सरस्वती मावि सिंगा तातोपानीमा नमूना ४ कोठे भवन निर्माण

  • २८ श्रावण २०७६, मंगलवार
  • धिरन खत्री
  • 2779 पटक पढिएको

म्याग्दी, २८ साउन । स्थानीयको सक्रिय जनसहभागितामा बेनी नगरपालिका–४ सिंगा स्थित सरस्वती माविमा नमुना ४ कोठे भवन निर्माण भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई( शिक्षा ) म्याग्दीको अनुदान र स्थानीयको श्रमदानमा भुकम्प प्रतिरोधात्मक ४ कोठे भवन निर्माण गरिएको हो ।


जिल्ला आयोजना कार्यान्वयन इकाईको ३५ लाख ४४ हजार २ सय रुपैया, विद्यालयको आन्तरिक स्रोत १५ लाख ३१ हजार र १९ लाख ६४ हजारको श्रमदानसंगै ६९ लाख ८९ हजार ५०२ रुपैया कुल लागतमा भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए । आयोजनाको इकाइको ३ कोठे भवनको लागि स्विकृत भएपनि विद्यालयको आन्तरिक स्रोत र स्थानीयको सक्रियतामा ४ कोठे पक्की भवन निर्माण गरिएको थियो । भवन निर्माणमा अनुदान रकम बराबर विद्यालय र स्थानीयको सहयोगमामै गुणस्तर भवन निर्माण गरिएको छ । १० संचालन भएको विद्यालयमा १० शिक्षकको तलव तातोपानी कुण्डको आम्दानीबाट ब्यवस्थापन गर्दै आएको प्रअ सुरतबहादुर बानियाँले जानकारी दिए ।


मंगलबार विद्यालयको आयोजनामा निर्माण भएको भवनको उद्घाटन जिल्ल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालले गरेका थिए । कार्यक्तममा बोल्दै तिन कोठे भवन निर्माणका लागि आएको अनुदान ४ कोठे भवन निर्माण बनाउनमा सक्रिय हुने विद्यालयका शिक्षक, ब्यवस्थापन समिति र स्थानीयलाई धन्यवाद दिएका थिए । उनले जिल्लाकै छिटो, नमुना र बढी स्थानीय श्रमदान प्रयोग भएर बनेको नमुना नवनिर्मित भवन यस विद्यालयको रहेको बताए । भूकम्पले क्षति पु¥याएको विद्यालयको भौतिक संरचना बलियो र भरपर्दो बनाउन सरकार लागि परेको बताउदै अनुदान रकमलाई सबैले सदुपयोग गर्नुपर्ने बताए । उनले पुर्वाधार निर्माणमा सक्रियता जस्तै ब्यवहारिक र गुणस्तर शिक्षामा सक्रिय रहन शिक्षक, ब्यवस्थापन समिति र अविभावकलाई आग्रह गरेका थिए ।


त्यस्तै बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले स्थानीय स्रोतसाधन प्रयोग गर्ने शिक्षाको विकासको नीति भएपनि प्रभावकारी कार्यान्वयनमा कमजोरी सबै क्षेत्रबाट भएको बताउदै नगरपालिकाले शिक्षालाई युग सुहाँउदो शिक्षामा जोड दिएको बताए ।


नेकपा नगर कमिटिका अध्यक्ष शेरबहादुर केसी, नेपाली काग्रेस सचिव मिन कार्की, वडा अध्यक्ष गोविन्द्र पौडेल, आयोजनका प्रमुख शिवराम गेलाल, जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख दलबहादुर थापा, पत्रकार प्रताप बानियाँ, पुर्व प्रअ नोठबहादुर बानियाँले मन्तव्य राखेका थिए । साथै कार्यक्रमको अवसरमा एसइइमा उतकृष्ट नतिजा ल्याउने विद्याथी, पुर्व प्रअ, शिक्षक र भवन निर्माणमा खटिने कामदारहरुलाई सम्मान गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विष्णुदत्त शर्माको अध्यक्षता, प्रअ बानियाँको स्वागत मन्तव्यमा भएको भवन उदघाट्न कार्यक्रमको संचालन शिक्षक रामप्रसाद अधिकारीले गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l