छन्त्याल खाम भाषाको लोकदोहोरी बजारमा आउँदै

  • २६ श्रावण २०७६, आईतवार
  • 4464 पटक पढिएको

म्याग्दी २६ साउन ।अल्पसंख्यक छन्त्याल समुदायको खाम भाषामा लोकदोहोरी गीत बजारमा आउने भएको छ । म्याग्दीका छन्त्याल समुदायका कलाकारहरु मिलेर ‘खानी गाउँरी म्हिन्थो फुलिसीम’ बोलको गीतलाई म्यजिक भिडियो सहित बजारमा ल्याउन लागिएको हो । छन्त्याल भाषा बोलिचालिमा रहेपनि लेखन र गीत संगीतमा भने न्युन मात्रामा प्रयोग हुने गरेको सन्दर्भमा यहाँका छन्त्याल समुदायका कलाकारहरुले आफ्नो भाषा र संस्कृतिलाई संगसंगै जर्गेना गर्ने जमर्को गरेका हुन् ।

छन्त्याल समुदायमा म्याग्दी क्षेत्रका छन्त्यालहरुले मात्रै आफ्नो खाम भाषालाई बोलिचालिमा प्रयोग गर्ने गरेको पाईन्छ । अन्य क्षेत्रमा लोप भैसकेको आफ्नो भाषालाई संस्कृति र कला संग समेत जोडेर जगेर्ना गर्ने प्रयासमा जुटेको गायिका जेनिसा छन्त्यालले बताईन् । खिम छन्त्यालको शब्द संयोजन, गायिका जेनिसा छन्त्यालको लय रहेको सो गीतमा आश्मा छन्त्याल, जेनिसा छन्त्याल, दिनेश छन्त्याल र बुढाथोकी साईला (दल छन्त्याल)को स्वर रहेको छ ।