माउण्टमा ई.सि.ए.कल्ब गठन

  • २० बैशाख २०७४, बुधबार
  • कर्णबहादुर खत्री
  • 2805 पटक पढिएको

म्याग्दी बेनी नगरपालिका–८ बेनी बजार स्थित माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयमा मंगलबार विद्यार्थिहरुको भेलाले अतिरिक्त क्रियाकलाप कल्व गठन गरेको छ । भेलाले सृष्टि पुन अध्यक्ष रहेको ३५ सदस्सिय कल्व गठन गरेको छ । कल्बको उपाध्यक्षमा भुवन घर्ति मगर , सचिवमा कमला घर्ति मगर, सह–सचिवमा तुर्जन पाईजा र चित्रबहादुर थापा तथा कोषाध्यक्षमा जीना पुन रहेका छन् ।

 

त्यसै गरि सदस्यहरुमा सज्जन सापकोटा,नेल्सन के.सी., दिनेश पाईजा, युकेन गौचन लगायतका विद्यार्थिहरु रहेको खेल शिक्षक देव छन्त्यालले जानकारी दिनुभयो । भेलाको सहजीकरण छन्त्याल र सहायक खेल शिक्षक विशाल गोतामेले गरेका थिए । विद्यालयले आयोजना गर्ने विविध अतिरिक्त क्रियाकलापको व्यवस्थापन र सञ्चालनमा विद्यार्थिहरुलाई प्रत्यक्ष सहभागिता गराई कार्यक्रम सञ्चालन र व्यवस्थापन सम्बन्धमा व्यवहारिक ज्ञान र सिप विकास गर्ने उद्देश्यले बर्षेनि यस्तै कल्वहरु गठन गरि विद्यार्थि परिचालन गर्दै आएको विद्यालयका एकेडेमिक इन्चार्ज भगवान ढुंगानाले बताउनुभयो ।

कर्णबहादुर खत्री