लगानी आह्वान गर्दै धौलागिरी कालिका हाइड्रोपावरको टोली दोहामा, मोना कतारद्धारा सम्मान

  • ११ श्रावण २०७६, शनिबार
  • 2839 पटक पढिएको

धौलागिरी कालिका हाइड्रोपावार कम्पनिले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको म्याग्दीखोला जलबिधुत आयोजना टोलीले कतारमा जलविद्युतमा लगानीको लागि आह्वान गरेका छन् । जलविद्यूतको लगानीका अवसर र सम्भावना तथा प्रतिफलको बारेमा बृहत छलफलको लागि कतार पुगेका कालिका हाइड्रोपावर लिमिटेडका अध्यक्ष बिनोद कुवर, प्रबन्ध निर्देशक हर्कमान मगर, संचालक समिति सदस्य ज्ञान बहादुर थापा तथा मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीलाई म्याग्दी प्रवासी नेपालि संघ (मोना) कतारले भब्य कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।


सस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मोना आइ इ सी का उपाध्यक्ष तथा मोना कतारका संरक्षक प्रेम बहादुर विश्वकमार्को प्रमुख आतित्यथा रहेको थियो । मोना कतारका बरिष्ट उपाध्यक्ष मिन बहादुर कार्कीको स्वागत रहेको कार्यक्रममा मोना कतारका अर्का उपाध्यक्ष नरेन्द्र फगामीले सस्थाको गतिबिधि र आगामी कार्यक्रमको बारेमा अतिथिहरुलाई जानकारी गराउदै मोना कतारले म्याग्दी जिल्लाम्मा स्थापना गर्न लागेको १० लाख रुपैयाको बहुउदेश्यीय अक्षय कोषमा सबै क्षेत्र र महानुभावहरुबाट स्वतस्फुर्त र स्वच्छीक सहयोगको लागि अपिल गर्नुभएको थियो । बिगत लामो समयदेखि हङकङ, चाइना लगायतका देशहरुमा ब्यबसाय गर्दै आउनुभएका म्याग्दी कालिका हाइड्रोपावर कम्पनि लिमिटेडका प्रबन्ध निर्देशक हर्कमान मगर र लामो समय देखि दक्षिण कोरियामा आफ्नो ब्यबसाय गर्दै आउनुभएका सोहि कम्पनीका अध्यक्ष बिनोद कुवरले प्रवासमा आर्जन गरेको पुँजी र शिपलाई स्वदेशमा गर्न सकिने लगानीको सम्भावित क्षेत्र र अवसर तथा मुनाफाको बारेमा धारणा राख्नुभएको थियो ।

प्रमुख अतिथि लगायतका बिशिष्ठ अतिथिहरुबाट चारै जना सम्मानित व्यक्तित्वहरुलाई मोना कतारको लोगो अंकित टिसर्ट र मायाको चिनो वितरण गरि सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रमका सहजकर्ता तथा मोना कतारका महासचिव थम कुमार गिरी र कार्यक्रमका सभापति तथा मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले संयुक्त रुपमा कार्यक्रमका सम्मानित व्यक्तित्वहरु तथा म्याग्दी कालिका हाइड्रोपावर कम्पनि लिमिटेडका अध्यक्ष, प्रबन्ध निर्देशक तथा सदस्यहरु सामु मोना कतारलाई म्याग्दीमा सामाजिक तथा सेवामुलक काम गर्नको लागि आबश्यक पर्ने रकमको स्थाई श्रोत बनाउन स्थापना गर्न लागिएको बहुउदेश्यीय अक्षय कोषलाई समेत सहयोग पुग्ने गरि मोना कतारको नाममा उक्त हाइड्रोपावरको शेयरमा ५० प्रतिशत रकम मोना कतारले लगानी गर्ने र ५० प्रतिशत रकम कम्पनीले सहयोग गर्ने गरि सहयोग गर्न औपचारिक अनुरोध गर्नुभएको थियो ।

कम्पनीले जति कित्ता शेयर सहयोग गर्छ त्यत्ति नै कित्ता शेयर मोना कतारले सस्थागत लगानीको रुपमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रम समापन गर्दै अध्यक्ष पौडेलले कतारमा दुख गरि कमाएको पैसालाई बुढेसकालको साहरा बनाउन आफ्नो क्षमता अनुसार लगानी गर्न सबै सहभागीहरुलाई अनुरोध गर्दै कार्यक्रममको समापन गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरुमा म्याग्दी कालिका हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुवर, प्रबन्ध निर्देशक श्री हर्कमान मगर, संचालक समिति सदस्य ज्ञान बहादुर थापा, मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारी, मोना आइ सी सचिव बिक्रम कार्की, मोना कतारका प्रमुख सल्लाहकार रमेश पौडेल तथा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष हंशराज ढकाल क्षेत्री लगायत रहनुभएको थियो ।