पुष्पलाल स्मृति दिवस

  • ७ श्रावण २०७६, मंगलवार
  • 2103 पटक पढिएको

 

बेनी ७ साउन । नेकपा म्याग्दीले ४० औ पुष्पलाल स्मृति दिवस पारेर मंगलबार बेनीमा नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठको योगदान बारे बिचार गोष्ठि आयोजना गरेको छ । कार्यक्रममा सहभागिहरुले नेपाली कम्युनिष्ट आन्दोलनमा नेकपाका संस्थापक पुष्पलालको योगदानको बारेमा चर्चा गर्दै देश र जनताको पक्षमा काम गरेर देखाउने अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

नेकपाका प्रदेश कमिटि सचिव गोविन्द नेपालीले पार्टीको एजेण्डा र कार्यदिशा स्पष्ट भएकाले अब त्यसलाई कार्यान्वयनमा सबै जुट्नुपर्ने बताउनुभयो । प्रदेश कमिटि सदस्य तथा संबिधानसभा सदस्य नवराज शर्मा र प्रदेश सांसद बिनोद केसीले सरकारले गरेका जनपक्षीय कामको प्रचारप्रसार गर्र्नुपर्ने बताउनुभयो ।नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सचिव हरिकृष्ण श्रेष्ठको सञ्चालन र नेता बालकृष्ण सुवेदीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष पौडेलले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि तारानाथ शर्मा र चन्द्रबहादुर घिमिरेले टिप्पणी गर्नुभएको थियो ।