नेकपा म्याग्दीको इञ्चार्जमा थापा चयन

  • ५ श्रावण २०७६, आईतवार
  • 2399 पटक पढिएको

बेनी ५ साउन । नेपाल कम्युनिष्ट पार्टीले म्याग्दी जिल्ला इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापालाई दिएको छ । काठमाडौमा आइतबार बसेको नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्लाको इञ्चार्जको टुङ्गो लगाएको हो । यसअघि म्याग्दी जिल्लाको अध्यक्षमा गोविन्द पौडेल र सचिवमा हरिकृष्ण श्रेष्ठलाई चयन गरिएको थियो ।

म्याग्दीका स्थानीय तह र वडा स्तरमा नेकपाको एकता प्रक्रिया पुरा भई एकिकृत संगठन कमिटि गठन भएको छ । यसैगरी नेकपाको मुस्ताङ इञ्चार्जमा श्रीमाया थकाली, पर्वतमा गुप्तबहादुर ठकुरी चयन हुनुभएको छ । बागलुङको इञ्चार्जमा बलावती शर्मा र सहइञ्चार्जमा मनाकुमारी केसी चयन हुनुभएको छ ।