म्याग्देली चेली अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिदै

  • २९ असार २०७६, आईतवार
  • 4262 पटक पढिएको

 

बेनी २९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी १५ वर्षीया अंशु गर्बुजा पुनले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिने अवसर पाएकी छिन् । कथा इभेन्टले आयोजना गरेको दोस्रो मिस हिमालय नेपाल २०१९ मा भ्युवर च्वाइस अवार्ड जितेकी गर्बुजा यसै महिना फिलीपिन्समा आयोजना हुने प्रतियोगितामा सहभागि हुन लागेकी हुन् ।

नेपालको प्रतिनिधित्व गरेर विश्वका विभिन्न देशबाट सहभागिता हुने प्रतियोगितामा सहभागी हुन लागेकी पुनले त्यहाँ गएर नेपाल र आफ्नो जन्मभूमिलाई विश्वमा चिनाउने लक्ष्य राखेकी छिन् । होटल म्यानेजमेन्ट विषयमा काठमाडौको साउथ वेष्टर्न स्टेट कलेजको कक्षा १२ मा अध्ययनरत पुनले पाउद्धार माविबाट एसईई उतिर्ण गरेकी थिइन् । सानै देखि नृत्यमा विशेष रुची राख्दै आएकी पुन घुम्न मन पराउँछिन् ।

उनको एयर होस्टेज बन्ने लक्ष्य छ । पढाई र प्रतिभालाई संगसंगै अघि बढाउने बताउने पुनले बुवा र आमाको राम्रो सहयोग भएको बताइन् । उनि हाल काठमाडौमा आमा, दाजु र बज्यै संगै बस्दै आएकी छिन् । बुवा भने रोजगारिको शिलशिलमा विदेशमा हुनुहुन्छ ।दुर्गम गाउँकी किशोरीले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिने अवसर पाउने म्याग्दीको लागि गौरवको विषय भएको पुनका मामा वुद्धी पुनले बताउनुभयो ।